कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले १५ भदौँमा महेन्द्रनगर विशाल आमसभा तथा पार्टी प्रवेस कार्यक्रम राखेको छ । उक्त कार्यक्रम सम्बोधनका लागि पाटी अध्यक्ष केपी शर्मा ओली नै कञ्चनपुर आउने कार्यक्तम तय भएको छ ।

एमालेबाटै समाजवादीमा गएका केही नेता कार्यकर्ता पुन एमालेमै फर्किन लागेका छन । भने केही माओवादी नेता कार्यकर्ता पनि एमाले प्रवेसका लागि तयारीमा छन । अधिकाँस माओवादी र समाजवादीका नेता कार्यकर्ता अवसर पाएकाहरु तर मारिसकेका नै फर्किन लागेको राजनीतिक बृतमा टिकाटिप्पणी भईरहेको छ ।

माओवादी भए बाफत संसददेखि राजनीतिक नियुक्ती टिकट विभिन्न समितिमा पद लिएका र समाजवादीमा समेत गएर मन्त्रीदेखि विभिन्न अवसर पाएकाहरु नै एमालेमा फर्किन लागेका छन ।

समाजवादीबाट प्रदेश सभा सदस्य पुर्वमन्त्री तारालामा तामाङ्ग, प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, माओवादीबाट संविधान सभा सदस्य हरिस ठकुल्ला, मोहन गिरी सहितका नेता कार्यकर्ता एमालेमा प्रवेस गर्ने एमाले स्रोतले जनाएको छ ।

ठकुल्ला ०६५सालमा क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्य निर्वाचित संसद हुन भने मोहन गिरी माओवादी हुँदा आरक्ष आयोगको अध्यक्ष, महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष, ०७०मा टिकट पाएका र ०७४ र ०७९मा श्रीमती कमला गिरीलाई बेलडाँडीमा उप प्रमुखकै टिकट दिएका नेता हुन । एमालेबाट फुटेर समाजवादी र माओवादी नेताहरुले एमाले बिरुद्धमा अनेकन तुनामुना बुनेपनि अहिले एमालेमा प्रवेस गुट विस्तारदेखि निहित स्वार्थपूर्तिका लागि गईरहेको समाजवादी माओवादीका नेताहरुको भनाई छ ।

हुनत विभिन्न सचार माध्याममा गत बैशाखमै स्थानीय तह निर्वाचनकै बेला बेलौरीमा एमाले अध्यक्ष केपी शर्मा ओली आएका बेला तारालामा तामाङ्ग प्रवेस गर्ने कार्यक्रम थियो । तर, उतिबेला कुनै बार्किनिङ्ग नमिलेपछि अहिले प्रवेस गर्न लागेको एक एमाले नेताले बताए ।

‘तारालामा जी त उतिबेलै स्थानीय तहकै चुनावमा प्रवेसको तयारी थियो, ‘उनले भने, ‘बार्किनिङ्ग नमिलेपछि आएनन, अहिले प्रतिनिधी सभा सदस्य टिकट दिने बार्किनिङ्गमा आईरहेका छन ।’

एमाले फुट्दा माओवादीबाट आएका बिर ब. थापाले सतिशाल नै उम्भिएर पाटी बचाए, अहिले फेरी तामाङ्गको प्रवेसले थापामाथि घात हुने भयो ।’ माओवादीमा कापि अवसर पाएका तर, अहिले नपाएको झोकमा केही नेता कार्यकर्ता एमाले प्रवेस गरिएका छन ।

हिजोका दिनमा एमालेलाई कम्युनिष्ट पार्टी नै होईन भन्नेहरु एमालेमा जानका लागि उत्साहित भईरहेको एक एमाले नेताको भनाई छ । ‘हिजोका दिनमा हाम्रो पाटीमाथि घात गर्ने माओवादी केही अवसरवादीहरु त प्रवेस गरिरहेका छन, ‘ति एमाले नेताले भने, ‘समाजवादीबाट त आउने हाम्रै नेता हुन, त्यसका केही छैन ।

केही राजकीय र अवसर पाएका नेता कार्यकर्ता फर्किने काम गरिरहेका छन ।’ चरम स्वार्थ लुट्नका लागि उतिबेला समाजवादी र अहिले एमालेमा फर्किन लागेको भन्दै समाजवादीका नेताहरुले पार्टी माओवादीमा विलय गराउन खोजेको भन्दै आवश्यक बहानबाजी गरेर एमाले फर्किन लागेको बताए ।

विगत ०७४मा माओवादीको साहरा लिएर प्रदेश र प्रतिनिधी चुनाव जितेका केही एमाले नेता कार्यकर्ता अहिले समाजवादी हुँदै एमालेमा फर्किने बेला माओवादीलाई सरापिरहेको भन्दै राजनीतिकमा सिद्धान्त भन्दा व्यापारको नाफाघाटा हेर्ने नेता कार्यकर्ता पुन एमालेमा प्रवेसले त्यहाँ पनि त्यस्तै बबण्डर हुने बताईरहेका छन ।

एमालेमा समाजवादी, माओवादीको ठुलो सख्यामा प्रवेसले नागरिकमा प्रभाव पर्ने नेताहरुको भनाई छ । आफ्नो पार्टी बनाउन नसक्नेले अरुको पार्टी बनाउने कि लुट्न, गुट विस्तारमा लाग्ने भन्दै एकातिर एमाले नेताहरुले चिन्ता व्यक्त गरिएका छन । प्रवेस गर्नेहरुलाई केही न केही जिम्मे्बारी दिने तयारी भईरहेको एमालेले जनाएको छ ।

एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले पार्टीले पछिल्लो राजनीतिक घटनाक्रम बारे पार्टीले महेन्द्रनगरमा आमसभा राख्ने बताउँदै उक्त आमसभामा काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा सहितका पाटीबाट नेता कार्यकर्ता प्रवेस गर्ने बताए ।

प्रतिक्रिया दिनुस