कञ्चनपुर ,भाद्र, १८ । सुदूरपश्चिमको महान पर्व आज गौरा पर्वको प्रमुख दिन अठवाली धुमधाम संग मनाइएको छ ।

सुदूरपश्चिमको महान चाँडको रूपमा गौरा मनाइने गरिन्छ बिरूडापञ्चमी देखि शूरू भएको गौरा आज अष्टमीको दिन अठवाली बनाइएको छ।

गौरा पर्वमा शिव पार्वती बिशेष पुजा र वर्त उपासना गर्ने गरिन्छ । आज अष्टमीको दिन अठवाली दिन महिलाहरूले पञ्च अन्नको भिजाएको बिरूडाले टाउको अथवा (मुन्डो ) पुजा गर्ने चलन रहेको छ । दृघायुको कामना गर्दै सबैको वर्त बसेर महिलाहरूले बिरूडाले टाउको पुज्ने गरिन्छ ।  गौरामा बिशेष गरेर पुराना भक्तिभावका गौराका  गित हरू गाएर गौरा अठवाली मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुस