कैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम कैलालीका एकदमै विश्वासिता पात्र रतन बहादुर थापा रमेश चौधरी नेतृत्वको पार्टीमा प्रवेस गरेका छन । एमाले कैलालीका निर्वतमान अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन बहादुर थापा टीकापुर काण्डमा जेलमा रहेका चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेस गरेका हुन ।

बिहीबार राजधानीमा एक कार्यक्रमका विच एमाले कैलालीका निर्वतमान अध्यक्ष तथा प्रदेश सभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेस गरेका हुन । थापालाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेका छन ।

ओली प्रधानमन्त्री हुँदा पहिलो पटक संसद विघटन गर्दा नेकपा ओली पक्षमा सतिशाल झै उभिएका नेता थापा एकाएक फिल्मीशैलीमा रमेश चौधरीको पार्टीमा प्रवेस गरेका छन ।

ओली सुदूरपश्चिम आएको भोलीपल्टै उनकै विश्वासिता पात्र थापाले पार्टी परित्याग गर्दै अर्को पार्टीमा प्रवेस गरेका छन । नागरिक उन्मुक्ति पार्टीमा प्रवेस गर्दै थापाले एमाले पार्टी दास, एनजिओ र राजराजौटाशैलीको आरोप लगाएका छन ।

एमालेबाट कैलाली कञ्चनपुर सहित सुदूरपश्चिमका जनताको अवस्था नफेरिने र उल्टै संधियता धरापमा पर्ने भन्दै रमेश चौधरीको पार्टीमा प्रवेस गरेका छन ।

प्रतिक्रिया दिनुस