कञ्चनपुर, भाद्र, १६ । राष्ट्रियता र जनजीविकाका बिबिध समस्याहरुलाई लिएर बिगत लामो समयदेखि संयुक्त  संघर्ष अगाडि बढाइरहेका पाँच  वाम घटकले बिहीबार संसद भवन अगाडि नयाँ बानेश्वर काठमाडौंमा बिरोध  प्रदर्शन  र सभा सम्पन्न गरेका छन्।

बिरोध सभालाई सम्बोधन  गर्दै  पाँच  घटकका नेताहरुले राष्ट्रघाती नागरिकता बिधेयक खारेजिको लागि आन्दोलनमा उत्रिन जनतालाइ  आवहान गरे । राष्ट्रघाती  नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर  आएमा त्यसले देसको अस्थित्वमै गम्भीर असर  पुर्याउने भन्दै उनीहरुले उक्त  राष्ट्रघाती बिधेयकलाई प्रमाणीकरण  नगरी  नेपाली जनताको  वास्तविक अभिभावक बन्न राष्ट्रपतिलाई अपिल समेत गरे ।
बिरोध प्रदर्शन पछिको सभालाई  सम्बोधन  गर्ने  नेताहरुमा नेकपा ( क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य तथा प्रदेश ३का इन्चार्ज चन्द्रहरी सुवेदी , नेपाल कम्युनिस्ट  पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, नागरिक स्तरबाट गठित  नागरिकता अध्ययन अभियान नेपालका संयोजक  साध्य बहादुर भण्डारी, संयुक्त  क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि सुरेन्द्र ढकाल र नेकपा ( मसाल ) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि तथा राजमो काठमाडौं  समन्वय  समितिका अध्यक्ष  बलिभद्र शर्मा रहेका थिए । बिरोध सभाको संचालन  नेकपा ( बहुमत ) का नेता कृष्ण  धमलाले गरेका थिए । बिरोध प्रदर्शनका क्रममा केहिबेर प्रहरी र आन्दोलनकारी बिच धकेलाधकेल  चलेको थियो । प्रहरीको अवरोधलाई छिचोल्दै आन्दोलनकारीले  बिरोध प्रदर्शन र सभा सफल पारेका थिए ।

प्रतिक्रिया दिनुस