संघको संस्थागत विकास र व्यवसायीको हकहितका लागि काम गर्छु ः अध्यक्षका उम्मेवार भट्ट

कञ्चनपुर, १६ भदौँ

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्वका लागि बरिष्ठ निर्माण व्यवसायी निरन्जन प्रशाद भट्ट नेतृत्वमा प्यानल घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमका विच पत्रकार सम्मेलन गर्दै भट्ट नेतृत्वमा निर्माण व्यवसायी संघको प्यानल घोषणा गरिएको हो ।

संघको नयाँ कार्य समिति चयनका लागि २४ भदौँमा १४ औँ अधिवेशन तथा २५ औँ साधारण सभा हुन लागेको छ । साधारण सभा लगत्तै निर्वाचन हुनेछ । संघमा दुई प्यानल निरन्जन प्रशाद भट्ट र पुष्पराज अवस्थी प्यानल देखिएका छन । भट्ट नेतृत्वको प्यानलको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द, उपाध्यक्ष देब . चन्द, महासचिव योगेन्द्रं ठगुराठी, सचिव हेम महरा, कोषाध्यक्ष दिपक भट्ट र सह सचिव विष्णू बहादुर सिह रहेका छन । संघका पुर्व अध्यक्ष धर्मानन्द भट्ट, प्रेम प्रकास भट्ट, लोक बहादुर ठकुराठी, पुर्व महासचिव गजेन्द्र थापा सहितले भट्ट प्यानललाई जिताउने घोषणा गरेका छन । पुर्व अध्यक्षत्रय भट्ट, ठकुराठीले संस्थागत विकासका लागि भट्ट प्यानल उपयुक्त भएको बताएका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थागत विकासका साथै आम व्यवसायीका हकहितका क्षेत्रका काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मैले आम निर्माण व्यवसायीको हकहितका साथै संस्थागत विकासका काम गर्ने योजना अघि सारेको छु, ‘अध्यक्ष पदका उम्मेदवार भट्टले भने, ‘एक पटक मलाई सेवा गर्ने मौका दिनुहोस ।’ निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि देखिएका निरन्जन प्रशाद भट्ट को हुन ?

झण्डै तीन दशकदेखि निर्माण व्यवसायीमा प्रत्यक्ष संलग्न भएका निर्माण व्यवसायी भट्टले आम निर्माण व्यवसायीको हकहितका साथै अधिकार निर्माण क्षेत्रलाई सम्मानित पेशा बनाई दिगो विकास र सम्बृद्धिको चाहना लिएका छन ।

 

भट्ट परिवारबाट प्रभावित भएर क्याम्पस अध्ययन गर्दागर्दै निर्माण व्यवसायमा जुटेका थिए । उनका बाजे स्व।राधाकृष्ण भट्ट र बाबु टिकाराम भट्टपनि निर्माण व्यवसायी नै हुन । बाबु र बाजेले रोजेकै पेशा उनले पनि रोजेका छन ।

०५२ सालमा स्नातक अध्ययनकै सिलसिलामा भट्ट निर्माण व्यवसाय सम्हालेका थिए । वाईआर कस्ष्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भट्ट ०६१ सालदेखि निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्य समितिमा बस्दै आएका छन । ०६१ सालमा कार्य समिति सदस्य निर्वाचित भएका थिए । ०७३ सालमा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भए । ०७१ र ०७६ मा पनि अध्यक्षमा लडेका भट्ट सफल हुन नकेनन । निर्माण व्यवसायी महासंघ सुप प्रदेश महासचिवको समेत जिम्मेबारीमा निर्वाह गरिसकेका भट्ट यस पटक भने सहमतीकै प्रयासमा नेतृत्वका लागि दौडधुपमा छन ।

भट्ट सफल निर्माण व्यवसायी भएकै कारण समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै विभिन्न सरकारी कार्यालयबाट पुरस्कार तथा सम्मान पाएका थिए । निर्माण व्यवसायी मात्र नभई भट्ट समाजिक क्षेत्रमा समेत उत्तिकै परिचित छन । निङलाशैनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गत बर्ष सरकारले भट्टलाई जनसेवा श्री पदकबाट विभुषित गरेको थियो । भट्ट उदयदेव बहुउदेश्यीय सहकारी, निङलाशैनी भुतपुर्व विद्यार्थी समाजदेखि थुप्रै समाजिक संघ संस्थासंग आबद्ध छन ।

प्रतिक्रिया दिनुस