कञ्चनपुर । विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा १५ भदौँमा दर्जनौँ नतो सयौँ कार्यकर्ता प्रवेस गरे । गत बर्ष भदौँमै एमाले फुट्दा एमाले खतम भन्दै समाजवातिर गएका केही नेता कार्यकर्ता र केही पछि गएका ६ महिना र बर्षदिन नपुग्दै पुन एमालेमै प्रवेस गरे ।

राजनैतिक वैचारिक सैद्धान्तिक अनुरुप पार्टी परिर्वतन गर्ने काम स्वयम नेताकै लागि खतरा भएपनि एमालेबाट समाजवादी समाजवादीबाट एमाले प्रवेसले ठुलो अर्थ नराखेपनि एमाले र समाजवादीमा अवसर नपाएका र पेलिएका नेताहरु प्रवेसलाई स्वभाविक मानिन्छ ।

तर, माओवादीबाट अधिकाँस अवसर पाएकै नेता कार्यकर्ता प्रवेस गरेका छन । समाजवादीबाट प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री तारालामा तामाङ्ग, राज्यमन्त्री कुलबिर चौधरी पार्टी परित्याग गर्दै एमालेमा प्रवेस गरेका छन ।

तामाङ्गलाई प्रतिनिधी सभा सदस्य दिने बार्किनिङ्ग पछि एमाले प्रवेस गरेको स्वयम खुलेयाम एमाले नेताहरु बताउँछन । कुलबिर चौधरीको हकमा पुन प्रदेश तर्फ नै टिकट दिने सर्तमा प्रवेस गराएको नेताहरुले बताएका छन ।

माओवादीले भुई मान्छे, थारु आदिवासी, दलित जनजाती एव महिला, पिछडीएको क्षेत्रका लागि केही गर्नुपर्छ भन्दै ०७० सालमा ग्रामिण भेगकी महिला दुर्गा खुनालाई समानुपातिक संसद बनायो, उतिबेला जता गयो त्यही माओवादीको गुणगान गाउने दुर्गा अहिले एमाले अध्यक्ष ओलीबाट दुबोको माला लगाएर एमालेमा प्रवेस गरेकी छिन ।

हुनत दुर्गा यस अघि ०७४ सालतिर काँग्रेसमा पनि प्रवेस गरेकी थिईन । माओवादी हुँदा पटक पटक लाभ लिएका मोहन गिरी र उनकी धर्मपत्नी कल्पना गिरी सहित पनि एमालेमा उल्लासका साथ प्रवेस गरेका छन ।

मोहन गिरी माओवादी हुँदा महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष भएका थिए । अहिले अख्तियारले नगर विकास समितिका घोटाला भ्रष्टाचार भएको भन्दै छानबिन गरिरहेको छ । नगर विकास समितिको अध्यक्ष मात्र होईन शुक्लाफाँटा निकुञ्ज पीडितको पुर्नस्थापनका लागि आयोगको अध्यक्ष भए । उतिबेला गिरी आयोगले पीडितको पहिचान गरेर परिचय पत्र वितरणपछि चर्चा कमाएको थियो ।

०७०सालमा निर्वाचन क्षेत्र ४बाट संसदको टिकट पाएका गिरी माओवादी हुँदा महत्वपुर्ण राजनीतिक जिम्मेबारीमा र नयाँ संविधान पछि बाबुराम भट्टराईकै नयाँ शक्तितिर लागेका थिए । पुन माओवादीमा फर्किएर ०७४ र ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा श्रीमती कल्पना गिरीलाई उपप्रमुखको टिकट दिलाए । गिरी र खुना जस्तै अन्य नेता कार्यकर्ता माओवादी हुँदा अवसर पाएर एमालेमा प्रवेस गरेका छन ।

माओवादी केन्द्रं कञ्चनपुरमा अवसर पाएका राजनीतिक तथा प्रशासनिक जिम्मेबारी पाएकै नेता कार्यकर्तामा चरम वैचारिक विचलन आएको भन्दै माओवादीले समिक्षा गर्नुपर्ने नेताहरु बताईरहेका छन ।

एमालेमा प्रवेस गरेकाहरुलाई अवसर होईन काम अनुरुप मुल्याङकन हुने स्वयम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । अध्यक्ष ओलीले पार्टीमा पहिलेदेखि काम गरेका, अहिले भित्र्रिंएका सबैको कामको मुल्याङ्गन अनुरुप जिम्मेबारी दिईने बताए ।

तर, कञचनपुरमा एमाले नेताहरुले उतिबेला एमाले फुटाएर जाने र माओवादीबाट प्रवे्सीहरुलाई उचित जिम्मेबारी दिईने बताईरहेका छन । माओवादी समाजवादीमा लाभ लिएकाहरुले अब एमालेमा आएर लाभ लिने खोज्नेदेखि हस्तक्षेप भने स्वीकार्य नहुने बताईरहेका छन ।

एमाले प्रवेस गरेका समाजवादी माओवादीका नेताहरुले अवसर र पदका लागि प्रवेस नगरेको बताएका थिए । एमाले नेताहरुले हिजो माओवादीमा हुँदा अवसर पाएर भोली अन्य पार्टीले अवसर दिदा केही अवसरवादी माअोवादी समाजवादीका नेताहरु पुन अर्को पार्टीमा प्रवेस गर्ने भएकाले आफुहरुलाई उनीहरुको भरै नहुने बताईरहेका छन ।

‘वास्तविक रुपमा आफ्नो पार्टी नै बनाउन नसक्ने यहाँ हुँदा सबैतिर पद लिने कमाउने अनि अहिले एमालेमा फाईदाकै लागि आएका छन, ‘एक एमाले नेताले भने, ‘अब माओवादीमा हुँदा लाभ मात्रै लिने होईन एमालेमा आउँदा त अनुशासित र काम गर्नुपर्छ ।’

माओवादी समाजवादीले एमालेमा प्रवेस गर्नेहरु अवसरवादी मात्रै भएको बताईरहेका छन । जता लाभ, गुलियो, उतै भुलियो लाभका लागि मात्रै प्रवेसको होडबाजी चलेको टिप्पणी गरिरहेका छन ।

समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले अवसरवादी नेता मात्रै पुन एमालेमा प्रवेस गरेको बताए । ‘उतिबेला मन्त्रीदेखि अन्य पद हत्याउन समाजवादीमा आए अहिले यता तर मारेर उता गएका छन, यतापछि केही दिन चकाचक हुन्छ, फेरी उस्तै हो ।’

ओलीमाथि अनेकन लान्छाना लगाउने नै लुरुलुरु एमालेमा फर्किदा समाजवादीलाई कञ्चनपुरमा क्षति भएपनि नेताहरुले कुनै क्षति नहुने दावि गरिरहेका छन ।

प्रतिक्रिया दिनुस