कञ्चनपुर, भाद्र ,१५ ।  नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली कञ्चनपुरको एमालेको जनसभा सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा भारतको दिल्ली भर्मण गएर म्याउ म्याउ गरेर फर्केर आएको भन्दै व्याङ्ग्य गरेका छन ।

एमाले कञ्चनपुरको बृहत जनसभा तथा पार्टी प्रवेस कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा लाइ दिल्ली भर्मण गएर कुनै वर्ता र सम्वाद गर्न नसकेर म्याउ म्याउ गरेर नेपाल फर्किएर आएको बताए ।

त्यस्तै जन सभाको सम्बोधनमा केपि ओलीले पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड दिल्ली गएर खुस खुस गरेर नेपाल फर्किएको  बताए ।

नेकपा एमाले पार्टी सम्बृद्ध नेपाल‌ निर्माणमा चार राजनैतिक धाम भएको पार्टी रहेको बताएका छन ।

त्यस्तै सम्बोधनमा ओलीले अहिले देशभर एमाले पार्टीमा जनलहर रहेको र केहि  नेता गठबन्धनमा भए पनि सबै जनता एमालेमा रहेको बताए ।

मंसिर ४ मा नेकपा एमाले जित्नु पर्ने भन्दै ओलीले अहिलेको गठबन्धन भन्ने मंसिर ४ सम्म मात्र रहेको बताए ।

हाम्रो सरकारले कालापानी लिपुलेक सम्मको भुभाग नक्सा जारी गरेर जमिन फिर्ताका लागि पहल गरिरहेको भए काम गर्ने नदिने हरू गठबन्धन बनाएर बसिरहेका बताए ।

प्रतिक्रिया दिनुस