हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा चुनाव लड्ने भएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिने भएका हुन्। कलाकार कट्टेलको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

कलाकार कट्टेलले भने प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने विषय अझै फाइनल हुन बाँकी रहेको बताए। कट्टेलले भने, ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छ।’

उनले छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गराएको बताए। आफु उम्मेदवार बन्ने बन्न सक्ने सम्भावन धेरै भएको उनले बताए। झापा क्षेत्र नम्बर ५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। लोक पार्टी

प्रतिक्रिया दिनुस