कञ्चनपुर, भाद्र, १५ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमाले जाने तयारी रहेका नेताहरुलाई हतारमा काठमाडौं बोलाएर सम्झाउन थालेको छ । त्यसका लागि केही नेताहरु काठमाडौं गएर माओवादी केन्द्रका शीर्ष नेतासंग छलफलमा बसेका छन् ।

मंसिर ४ गतेको चुनाव घोषणापछि नेताहरु पार्टी छाड्न लागेपछि माओवादी नेतृत्व उनीहरुलाई रोक्न पर्ने दबावमा परेको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्टले पार्टी छाड्न लागेका ती नेताहरुलाई सम्झाउने जिम्मेवारी पाएका छन् । केही नेताले श्रेष्ठसित छलफल गरेका तस्बिर बाहिर आएका छन् ।श्रेष्ठसित छलफलमा बस्ने नेताहरुमा संविधान सभा सदस्य कमल क्षेत्री सहित जनक धामी लगायतका छन् । उनीहरु माओवादी केन्द्र छाडेर एमाले आउने अन्तिरम तयारीमा छन् ।

संविधान सभा सदस्य क्षेत्री सहित मोहन गिरी, खडक वस्नेत, जनक धामी, कल्पना गिरी लगायतका नेता एमाले आउने तयारीमा छन् । उनीहरु सबै माओवादी केन्द्रभित्र जिम्मेवारी विहीन बनाइएका छन् । पार्टीभित्र जिम्मेवारी बनाइएका उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर पार्टी प्रवेश गर्ने तयारीमा लागेका थिए ।

संविधान सभा सदस्य पहिलो संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं। ४ बाट निवाचित भएका थिए । गिरी दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका थिए । उनीहरु दुबै माओवादी केन्द्रभित्र जिम्मेवारी विहीन छन् ।

माओवादी केन्द्रका नेताहरुका अनुसार क्षेत्री र गिरीलाई सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनाउन इच्छा राखेका थिए । माओवादी केन्द्रले उनीहरुलाई प्रदेश कमिटी सदस्य बनाउन अनिच्छा देखाएको थियो ।

पार्टीभित्र भूमिका विहीन बनाएपछि उनीहरु पार्टी छाडेर एमाले आउन मनस्थितिमा पुगेका हुन् । पार्टी छाड्न लागेपछि भने माओवादी केन्द्र उनीहरुलाई फकाउन लागेको छ । एमाले आउने तयारी गरेका केही नेताहरुले भने आफूहरुले छाड्ने तयारी गरेको भन्दै नफर्किने बताई सकेका छन् ।एमालेले स्मारक क्षेत्रमा गर्ने जन सभामा विभिन्न दलका ५ सय भन्दा बढी नेता कार्यकर्ता एमाले आउन लागेका छन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

प्रतिक्रिया दिनुस