कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्वका लागि यही २५ भदौँमा निर्वाचन हुँदैछ । संघको १४औँ कार्यकारणी समितिका लागि हुने निर्वाचनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र पुर्व बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट दुवै प्यानल चुनावी मैदानमा उत्रिएका हुन ।

दुवै प्यानलले चुनाव प्रचारप्रसार तिव्र पारेको जनाएका छन । चुनावी मैदानमा देखिएका निरन्जन प्रशाद भट्ट संघको नेतृत्व कुसल, सक्षम र अनुभवी भएकाले आवश्यक रहेको निर्माण व्यवसायीले बताएका छन ।

उम्मेदवारी घोषणा संगै जिल्लाप्यापी रुपमा चुनावी मैदानमा होमिएका भट्टलाई बहुमत निर्माण व्यवसायीले साथ सर्मथन दिईरहेको उनी निकट व्यवसायीले बताएका छन । ‘मेरो पक्षमा बहुमत जनमत देखिएको छ, ‘अध्यक्ष पदका उम्मेदवार भट्टले भने, ‘अब खाली घोषणा गर्न मात्रै बाँकी हो ।’

आफ्नो पक्षमा बहुमत पुर्व अध्यक्ष, पदाधिकारी, सदस्यको साथ सर्मथन रहेको दावि गर्दै उनले ‘निरन्जन भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका लागि कुसल, सक्षम अनुभवी नेतृत्व’ भएको बताएका छन । ‘म जिल्लाभरी चुनावी प्रचारमा होमिए बहुमत व्यवसायी मेरै पक्षमा छन, मलाई राम्रो साथ पनि पाईएको छ ।’

भट्ट नेतृत्वको प्यानलको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द, उपाध्यक्ष देब ब. चन्द, महासचिव योगेन्द्रं ठगुराठी, सचिव हेम महरा, कोषाध्यक्ष दिपक भट्ट र सह सचिव विष्णू बहादुर सिह रहेका छन । संघका पुर्व अध्यक्ष धर्मानन्द भट्ट, प्रेम प्रकास भट्ट, लोक बहादुर ठकुराठी, पुर्व महासचिव गजेन्द्र थापा सहितका पदाधिकारीले भट्ट प्यानललाई जिताउने घोषणा गरेका थिए ।

अध्यक्षका उम्मेदवार निरन्जन प्रशाद भट्टले संघको संस्थागत विकासका साथै आम व्यवसायीका हकहितका क्षेत्रका काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन । ‘मैले आम निर्माण व्यवसायीको हकहितका साथै संस्थागत विकासका काम गर्ने योजना अघि सारेको छु, ‘अध्यक्ष पदका उम्मेदवार भट्टले भने, ‘एक पटक मलाई सेवा गर्ने मौका दिनुहोस ।’

झण्डै तीन दशकदेखि निर्माण व्यवसायीमा प्रत्यक्ष संलग्न भएका निर्माण व्यवसायी भट्टले आम निर्माण व्यवसायीको हकहितका साथै अधिकार निर्माण क्षेत्रलाई सम्मानित पेशा बनाई दिगो विकास र सम्बृद्धिको सकल्प लिएका छन । ०५२ सालमा स्नातक अध्ययनकै सिलसिलामा भट्ट निर्माण व्यवसाय सम्हालेका थिए ।

वाईआर कस्ष्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भट्ट ०६१ सालदेखि निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्य समितिमा बस्दै आएका छन । ०६१ सालमा कार्य समिति सदस्य निर्वाचित भएका थिए । ०७३ सालमा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भए । ०७१ र ०७६ मा पनि अध्यक्षमा लडेका भट्ट सफल हुन नकेनन् ।

निर्माण व्यवसायी महासंघ सुप प्रदेश महासचिवको समेत जिम्मेबारीमा निर्वाह गरिसकेका भट्ट यस पटक भने सहमतीकै प्रयासमा नेतृत्वका लागि दौडधुपमा छन । भट्ट सफल निर्माण व्यवसायी भएकै कारण समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै विभिन्न सरकारी कार्यालयबाट पुरस्कार तथा सम्मान पाएका थिए ।

निर्माण व्यवसायी मात्र नभई भट्ट समाजिक क्षेत्रमा समेत उत्तिकै परिचित छन । गत बर्ष राष्ट्रपती विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदमबाट विभुषित समेत भएका थिए । भट्ट निर्माण व्यवसायीसंगै समाजिक काममा समेत संलग्न छन ।

निङलाशैनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उदयदेव बहुउदेश्यीय सहकारी, निङलाशैनी भुतपुर्व विद्यार्थी समाजदेखि थुप्रै समाजिक संघ संस्थासंग आबद्ध छन । अहिले निर्माण व्यवसायी संघको नेतृत्वका लागि दौडमा छन ।

प्रतिक्रिया दिनुस