कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा भीमदत्त नगरका निर्वतमान मेयर सुरेन्द्र विष्ट निर्वाचन क्षेत्र ३(ख)बाट प्रदेश सभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन । एमाले कञ्चनपुर स्रोतका अनुसार ३ प्रदेश (ख)बाट विष्टको मात्रै प्रदेश सभा सदस्यका लागि एकल उम्मेदवारी सिफारिस भएको छ ।

यस अघि एमाले क्षेत्र २(ख)बाट समेत एमाले केन्द्रीय सदस्य कृपराम राना सर्वसम्मत भएका थिए । एमाले जिल्ला कमिटीले विष्टको एकल नाम प्रदेश कमिटीमा सिफारिश गरेको हो । यस अघि विष्ट निर्वाचन क्षेत्र ३ क बाट चुनाव लड्ने अड्कल गरिएको थियो ।

प्रदेश कमिटी समन्वय बैठकमा अध्यक्ष विष्ट सहित ईश्परी प्रशाद खरेल, गगन खत्री, चिनी गिरी, चन्द्र सिह धामी र विष्णु कँडेल आकाँक्षी देखिएका थिए । अन्तत उनीहरु सबैले जिल्ला अध्यक्ष विष्टलाई सिफारिस गरेका हुन ।

झण्डै अढाई दशकदेखि राजनीतिमा सकृय रहेका विष्ट यस अघि विभिन्न शैक्षिक संस्था एव भीमदत्त नगरको मेयरमा निर्वाचित भएका थिए । एमाले अध्यक्ष विष्टको प्रदेश सभा तर्फ सर्वसम्म नाम सिफारिस भएसंगै पाटी भित्र र बाहिर चासोमा रुपमा हेरिएको छ । एमाले कञ्चनपुरमा संघ र प्रदेश तर्फ आँकाक्षीको संख्या उख्लेख देखिएको छ ।

प्रतिक्रिया दिनुस