कञ्चनपुर भाद्र २३ । परशुराम नगरपालिका वार्ड ११ जयामिरखाली डडेल्धुरामा रहेको पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकले आफु अनुकुल हुने गरेर विध्यालयमा बिदा दिएर बदमासी गरेका छन । प्र.अ जोशीले विध्यालयमा आफु अनुकुल हुने गरेर बिदा दिएर घर बसेको गुनासो आएको छ ।

पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक हरि दत्त जोशीले भाद्र १४ गतेबाट २१ गते सम्म विध्यालयमा आफुखुसी विद्यालय बिदा दिएर आफैले १६ गते सम्मको हाजिर १४ गते गरेर गएको पाईएको छ ।पशुपतिनाथ आधाभूत विद्यालयका एक शिक्षकले सूचनाको श्रोत गोप्य राख्ने सर्तमा उन्ले भने विद्यालयका प्रधानाध्यापक हरि दत्त जोशीले भाद्र १४ गतेबाट २१ गते सम्म विध्यालयमा आफुखुसी कुनै पनि बिदा नभएको समयमा विद्यालय बिदा दिएर आफैले १६ गते सम्मको हाजिर १४ गते गरेर गएको २२ गते विध्यालमा खुलेको दिन थाहा पाएको बताए ।


उन्का अनुसार प्रधानाध्यापक हरि दत्त जोशीले आफुखुसी कुनै बिदा नभएको दिन बिदा दिएर गएको विध्यालयका आउने छात्रावृती ,पोसाक विभिन्न र्शीषकमा आर्थिक हिनामिना समेत गर्दै अएको बताए ।प्रधानाध्यापक हरि दत्त जोशी नियमित रुपमा विध्यालय नआएर राजनितिक दलका कार्यक्रममा समेत जाने गरेकोले विध्यालयको नियमित पढाई समेत असर परिहेको बताए ।

यस बारेमा पशुपतिनाथ आधारभूत विध्यालयका व्यवस्थापन अध्यक्ष दान बहादुर कुँवरलाई फोन सम्पर्क गर्दै उन्ले भने प्रधानाध्यापक हरि दत्त जोशीले भाद्र १४ गतेबाट २१ गते सम्म विध्यालयमा आफुखुसी विद्यालय बिदा दिएर आफैले १६ गते सम्मको हाजिर १४ गते गरेर गएको मलाई आजमात्र जानकारी पाएको बताए ।यस बिषयमा विध्यालय व्यवस्थापनको बैठक बालाएर प्र.अले गरेको बदमासी के गर्न भन्ने बिषयमा प्रधानाध्यापक हरि दत्त जोशी उपस्थित भए पछि आवस्यक प्रकृया अगाडी बढाउने बताए ।प्रधानाध्यापक हरि दत्त जोशीलाई धेरै पटक सम्झाइ बुझई गर्दा समेत आलटाल गरेर मनोमानी तरीकाले आफुखुसी विध्यालय सञ्चालन गरिरहेको आधाभूत विध्यालयका व्यवस्थापन अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो ।

यस बिषयमा  विध्यालयमा आफुखुसी बिदा दिएर घर बसेका प्रधानाध्यापक हरि दत्त जोशीलाई सम्पर्क गर्दा  आफुखुसी बिदा नदिएको १६ गते सम्म विध्यालमा उपस्थित भएर हाजिरी गरेको जिकिर गरेका छन । केहि दिनको लागि विरामी बिदा लिएर उपचारको लागि महेन्द्रनगर आएको र आफु महेन्द्रनगर रहेको महाकाली अस्पतालमा अपचारमा रहेको बताए ।

पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ हरि दत्त जोशीको आफुखुसी विध्यालयमा बिदा दिएको बिषयमा रशुराम नगरपालिका वि.नि लक्ष्मी बिष्टलाइ सम्पर्क गर्दा आफुलाइ बिदाको बिषयमा जानकारी नभएको बताए । उन्ले आफुखुसी विध्यालयमा बिदा दिन मिल्दैन हेरेर पटक पटक गरेर एक बर्षमा ५ दिन सम्म बिदा दिन मिल्ने बताए । यस बिषयमा विध्यालयका प्र.अ हरि दत्त जोशीलाइ सम्पकै गरेर बुझ्ने बताए । बिरामी बिदा ३ दिन सम्म लिन पाईयो थप बिदाको लागि विध्यालय व्यवस्थापन संग बिदा लिएर नगर पालिका जानकारी गराउनुपर्ने हुन्छ बिरामी हुन भने बिरामी विल हेरिन्छ के रहेछ प्र.अ हरि दत्त जोशीलाई सम्पर्क गर्ने बताए ।

प्रतिक्रिया दिनुस