कञ्चनपुर। युवा निर्माण व्यवसायी दिपक भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको कोषाध्यक्ष पदका उम्मेदवार देखिएका छन । डेढ दशकदेखि निर्माण व्यवासायमा प्रत्यक्ष जोडिएका निर्माण व्यवसायी भट्ट अहिले संघको कोषाध्यक्ष पदको यात्रामा छन ।

निर्माण व्यवसायी सघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २५ भदौँमा हुने १४औँ अधिवेशनबाट भट्ट कोषाध्यक्ष पदमा देखिएका हुन । उनी निरन्जन प्रशाद भट्ट प्यानलबाट कोषाध्यक्ष मुख्य पदाधिकारीको यात्रामा होमिएका छन । व्यवस्थापन संकायमा स्नाकोत्तर अर्थात माष्टरडिग्री गरेका भट्टले आफ्नै एकेडेमीक अध्ययन गरेकै विषयसंग मुल्दोजुल्दो कोषाध्यक्ष पदमा देखिएका हुन ।

नेशनल कस्ष्ट्रक्सन प्रालिका निर्देशक समेत रहेका भट्ट पुर्खाले व्यवसायी गर्दै आएको व्यवसायमा जुटेका छन । यस अघि संघका सदस्य पदमा निर्वाचित भएका भट्टले अहिले कोषाध्यक्ष पदको यात्रा तय गरेका हुन ।

युवा, सक्षम, सफल उत्कृष्ठ निर्माण व्यवसायीका रुपमा ख्याती कमाएका भट्टलाई बलिया रुपमा हेरिएको छ । ०५७ देखि ०६१ सम्म भट्टका पुजनिय पिता धर्मानन्द भट्टले संघको नेतृत्व गरेका थिए । ‘मैले बाबुकै अंगालेको पेशा सम्हालेको छु, ‘उनले भने, ‘प्रत्यक्ष १५ बर्षदेखि फिल्डमा काम गरेको छु ।’ आफुले जसरी फिल्डमा शुरुवातीदेखि अन्त्य चरणसम्म सफल रुपमा काम गरेर जुन अनुभव लिएको छु, त्यहीबाट प्रभावित भएर काम गने आफ्नो चुनाव योजना रहेको बताए ।

भट्टले लगातार सात बर्षदेखि जहाँ काम गरे, त्यही बोनस, पुरस्कार र सम्मान पाएका छन । कञ्चनपुर भन्सार, महाकाली प्रादेशिक अस्पताल, शहरी विकास, महाकाली जनसेवा मावि, आन्तरिक राजस्व कार्यालय सहित दर्जनौँ कार्यालयबाट उत्कृष्ठ गुणस्तरिय काम गरेको भन्दै बोनस, पुरस्कार र सम्मान पाएका थिए । ‘युवा निर्माण व्यवसायी दिपक भट्टले जहाँ कामको जिम्मेबारी पाउँछन, त्यहाँ सफल रुपमा काम गर्दै आएका छन, ‘एक सेवाग्राही कार्यालयका प्रतिनिधीले भने, ‘निर्माण क्षेत्रमा युवा काम गर्ने आउँनुपर्छ ।’

निर्माण व्यवसायी भट्टले साथिहरुको सुझाव सल्लाह अनुरुप र आफ्नो अध्ययन गरेको विषय पनि फाईनासियल व्यवस्थापन भएकोले संघको कोषाध्यक्ष पद रोजेको बताए । ‘संघको कोषलाई पारदर्शी थप व्यवस्थित बनाउँदै भलाई कोष अघि बढाउँछु, ‘उनले भने, ‘आम व्यवसायीको हतहितका लागि काम गर्छु ।’

संस्थालाई आर्थिक रुपमा समेत सबल सक्षम बनाएर जिल्लाभरीका निर्माण व्यवसायीलाई आईपर्ने समस्या समाधानका लागि काम गर्ने भट्टको प्रतिबद्धता छ । भट्टले संघको कोषाध्यक्षको यात्रा तय गरेसंगै जिल्लाभरीका निर्माण व्यवसायीसंग भेटघाट छलफल गरेका छन । छलफल तथा भेटघाटमा आम निर्माण व्यवसायीले उर्जावान, समक्ष, युवा निर्माण व्यवसायी भट्टलाई संघमा ल्याउने सहयोग गर्ने बचन दिएका छन । अधिकाँस पुर्व पदाधिकारीले समेत भट्टलाई साथ सर्मथन गर्दै मत दिन आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस