कञ्चनपुर । युवा निर्माण व्यवसायी दिपक कार्की(दिपिन) निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्य पदको यात्रामा छन । शनिबार नयाँ नेतृत्व एव कार्य समिति चयनका लागि हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको २५ बार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट कार्की सदस्य पदको यात्रामा देखिएका हुन । कार्कीले बिहीबार सदस्य पदमा खुला उम्मेदवार दर्ता गराएका छन । छोटो समयमै उदाएका युवा निर्माण व्यवसायी कार्कीले ६ बर्षदेखि आफ्नै विपिन विल्डर्स प्रालि संचालनमा ल्याएका छन । बैतडीबाट अध्ययनका लागि महेन्द्रनगर आएका कार्की यस अघि आफन्तको निर्माण कम्पनीका काम गर्दै आएका थिए । लेखा विषयमा स्नातक र प्राविधिक विषयमा डिप्लोमा ईन फार्मेसी गरेका कार्की परिवार आफन्तको प्रेरणाबाट निर्माण व्यवसाय क्षेत्रमा जुटेका छन ।
कार्कीले साना व्यवसायीको प्रर्बद्धन आम व्यवसायीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । संविधानज अनुसार र स्थानीय सरकार संचालन ऐन अनुरुप साना व्यवसायीले समेत निर्माण क्षेत्रमा काम गर्ने मौका पाएको बताउँदै उनले काम गर्न पाएपछि स्थानीय सरकारले करका लागि मात्रै उपभोग गरेको भन्दै कार्कीले आम साना निर्माण व्यवसायीलाई पब्र्रद्धन गर्ने बताए । ‘अहिले प्रविधिको विकाससंगै थुप्रै निर्माण व्यवसायी मारमा छन, ‘उनले भने, ‘ई बिडिङ्ग गर्दा समस्या भईरहेको छ, त्यसलाई पनि निराकरण गर्छु ।’ निर्माण व्यवसायीलाई अग्रीम कर, मुल्यअभिबृद्धिकर, लेखा परीक्षण सहित विवित फाईनानसियल विषयमा समेत सरकारी निकायसंग समन्वय गरेर अभिमुखिकरण गराउने बताए । ‘म जिते पनि हारेपनि निर्माण व्यवसायीका विद्यमान पिरमर्का सम्बोधन गर्छु, ‘कार्कीले भने, ‘अहिले सबै क्षेत्रमा युवा आकर्षण बढिरहेको छ ।’ कार्कीले महाकाली अस्पतालमा कोरोना बिरामीका लागि आईसोलेशन भवनदेखि थुप्रै सरकारी निकायमा निर्माणको काम सन्तोषजनक गरेका छन । कार्कीले मतका लागि जिल्लाभरीकै निर्माण व्यवसायीसंग छलफल चलाएका छन ।

प्रतिक्रिया दिनुस