कञ्चनपुर । कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव समेत रहेका अवस्थीलाई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको छ ।

पत्रकार अवस्थी कञ्चनपुर क्षेत्र २(क) समानुपातिक तर्फ उम्मेदवार सिफारिसमा परेका छन । माओवादी केन्द्र क्षेत्रीय कमिटिले अवस्थीलाई प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारमा सिफारिस गरेको हो ।

झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएका अवस्थी प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव हुन । बैतडी र कञ्चनपुरबाट एक साथ प्रकासित हुने जनसरोकार राष्ट्रिय दैनिक पत्रिकाका संचालक समेत रहेका पत्रकार अवस्थी प्रदेश सभा सदस्यका लागि सिफारिस भएसंगै उनलाई बधाईको ओईरो छ । पत्रकारिता क्षेत्रबाट पनि राजनीतिमा पनि दखल राख्नसक्ने अवस्थी उदाहरणीय बनेका छन ।

प्रतिक्रिया दिनुस