कञ्चनपुर ,भाद्र ,२४ । आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात–हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र फोटोको चाहना हर कसैमा हुन्छ तर यसको आवश्यक ज्ञानबिना त्यो सम्भव छैन ।

पछिल्लो समय फोटो र भिडियोग्राफीमा मनग्य ज्ञान बटुलेका नील विष्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका लागि कुनै नौलो नाम होइन ।केही वर्ष अघि शौखको रुपमा भिडियोग्राफीमा होमिएका नील फोटो र भिडियोग्राफीका लागि यतिखेर हस्तीकै रुपमा परिचत छन् । भिडियोग्राफी भन्ने बित्तिकै भिडियो पारखीहरु माझ उनको अलगै पहिचान छ । आफ्नो कर्मलाई नै सबथोक मान्ने उनको यहि स्वभावले हुनपर्छ, भिडियोग्राफीमा उनको दवाब अलग्गै छ ।

बाल्यकालदेखिको शौख, बिभिन्न प्रशिक्षणले भिडियोग्राफीमा खाहारिएका नील बिगत दुईवर्षदेखि यस फिल्डमा ब्यवसायिक रुपमै जम्दै आएका छन् । निका क्रियशनको नामले चर्चामा चुलिएका नीलले हजारौं फोटो र दर्जनौं भिडियो कन्टेन्टहरु दिएर आफुलाई भिडियो र फोटोग्राफीमा अब्बल साबित गर्दै आएका छन् । सेलिब्रेटीको फोटो सुट होस् या अन्य कार्यक्रम नील फोटो र भिडियोग्राफीमा सर्बाधिक रुचाइने पात्र हुन् ।
एकै इभेन्टका फोटो र भिडियोलाई फरक–फरक टेस्ट दिन माहिर नीलको परिचय यतिमै समाप्त हुँदैन उनी एक फिटनेस लभर पनि हुन् । “फिटनेस गन्तव्य होइन यो जीवनको एक तरिका हो ।” भन्ने मान्यता बोकेका उनी फिट्नेसका डाइहाट फ्यान हुन् । समय, परिस्थितिले उनलाई बेला–बेलमा फिट्नेसबाट टाढा राखेपनि उनको फिट्नेस फिभर भने धेरैबेर टाढा रहदैन ।

गोरो वर्ण, स्टाइलिस लुक, मोडलिङ ब्यक्तित्वका धनी नील आउटलुक्स र भिडियोग्राफीमा मात्रै हैन अभिनय पनि उत्तिकै माहिर छन् । उनको टिकटकमा रहेको रोमान्टिकदखि ¥यापसम्मको अभिनयले हरकोहीलाई अचम्भित पार्न सक्दछ ।विभिन्न, म्युजिक भिडियो, सर्ट मुभी, भिडियो रिर्पोट, डकुमेन्ट्रीमा समेत आफ्नो सक्षमता प्रस्तुत गरिसकेका नील आगामी प्रोजेक्ट म्युजिक भिडियोको तयारीमा जुटिसकेका छन् । हातमा क्यामेरा र आवश्यक सामग्री लिएर छयांकनमा तल्लीन रहदा संसार बिर्सिने नील भिडियोग्राफीलाई अझै ब्यवस्थित र अझै ब्यवसायिक बनाउँदै आफ्नो जीवन यसैमा समर्पण गर्ने उनले प्रण लिएका छन् ।

प्रतिक्रिया दिनुस