कञ्चनपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट कञ्चनपुर क्षेत्र नम्बर ३(क)बाट सिफारिस भएका छन ।

माओवादी केन्द्र क्षेत्र नम्बर ३ कमिटीले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य भट्टलाई क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको छ । यस अघि भट्ट ०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र ३ बाट निर्वाचित भएका थिए । माओवादी जनयुद्धबाटै अध्ययन गर्दागर्दै राजनीतिमा होमिएका भट्ट कञ्चनपुर माओवादीका प्रभावशाली नेताका रुपमा परिचित छ । विज्ञान विषय अध्ययन गरेका नेता भट्ट सैद्धान्तिक विषयमा दखल राख्छन । भट्ट नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज हुन ।

प्रतिक्रिया दिनुस