कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटल ओपेरा र एनएमबि बैंक विच नयाँ ग्राहाक बिशेष छुट योजनाको सम्झौता भएको छ । सुक्रबार एक कार्यक्रमका विच एनएमबि बैक र होटल ओपेराविच नयाँ ग्राहाक छुट सम्झौता भएको हो ।

एनएमबि बैंकका ग्राहकलाई होटल ओपेरमा बिभिन्न सेवामा  छुट दिने सहमती भएको छ । कोठा भाडा, खाना, पेय पदार्थ, स्वीमिङ्गपुल लगायतमा १० प्रतिशत छुट दिईने भएको छ ।

एनएमबि बैंकका ग्रांहकले नगद, डेबिट, क्र्रेडिट, मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्न सक्नेछन । उक्त ग्राहक छुट योजना सम्झौता पत्रमा बैंकका तर्फबाट एरिया म्यानेजर सुशिल बहादुर सिह , कर्जा विभाग प्रमुख पुष्प राज जोशी कर्जा साहायक शुरेन्द्र चन्द र होटल ओपेराको तर्फबाट प्रबन्ध निर्देशक गणेश चटौत, म्यानेजर प्रभात चन्दको सयुक्त रूपमा सम्झैता भएको थियो ।

एनएमबि बैंकका ग्राहकलाइ केहि सहज होस भन्ने उदेश्यले यो योजना बैंकले ल्याएको एनएमबि बैंक महेन्द्रनगर शाखा प्रमुख दिपक बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुस