कञ्चनपुर । सुदूरपश्चिम समाज दक्षिण कोरिया कञ्चनपुर संयोजमा भोज बहादुर चन्द चयन भएका छन । सुदूरपश्चिम समाज दक्षिण कोेरिया १६औँ अधिवेशनबाट कञ्चनपुर संयोजकमा चन्द चयन भएका हुन ।

बेलडाँडी गाँउपालिका १ झर्नासागर निवासी चन्दलाई समाजले जिल्ला संयोजकको जिम्मेबारी दिएको हो । चन्द जस्तै अन्यलाई पनि जिल्ला संयोजकको जिम्मेबारी दिईएको छ ।

सरस्वती माध्यमिक विद्यालयका पुर्व छात्र चन्द अध्ययनदेखि मेहनती अनुशासित थिए । अहिले बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन ।

चन्दले आफुलाई विश्वास गरेर दिईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । चन्दले कञ्चनपुरको जिम्मेबारी पाएसंगै उनका सहकर्मी साथिभाईले बधाई दिईरहेका छन ।

प्रतिक्रिया दिनुस