कञ्चनपुर, २६

युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्यमा निर्वाचित भएका छन । शनिबार संघको १४औँ कार्यकारणी समितिका लागि भएको निर्वाचनबाट युवा निर्माण व्यवसायी कार्की सदस्यमा निर्वाचित भएका हुन । कार्कीले १२८ मत ल्याएका थिए । कार्की दक्षिणी क्षेत्रबाट संघको सदस्यका लागि एक्ला उम्मेदवार थिए । अघिल्लो प्रयासमा असफल भएका कार्की यस पटक सफल भएका छन । संघको निर्वाचनमा बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी दक्षिणी क्षेत्रबाट कार्की एक्लैको मात्रै उम्मेदवारी परेको थियो । बेलडाँडीका स्थानीय कार्की विगत डेढ दशकदेखि निर्माण क्षेत्रमा काम गर्दै आएका छन । उनी खुला सदस्यमा चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचित भएसंगै कार्कीले आम मतदाता सबैमा आभार प्रकट गर्दै विश्वासलाई कायम राखेर आम निर्माण व्यवसायीको हकहितका काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस