कञ्चनपुर । कञ्चनपुरका स्वास्थ्यकर्मी पंकज रावल अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन ।

नेकपा माओवादी निकट अखिल नेपाल प्रगतिशिmल जनस्वाथ्यकर्मी महासंघको प्रथम महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रावल निर्वाचित भएका हुन ।

कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका रावल विगत अढाईदशकदेखि स्वास्थ्यपेशमा आबद्ध छन । यस अघि पनि महासंघका केन्द्रीय जिम्मेबारीमा थिए । स्वास्थ्यमन्त्रीका स्वकीय सचिव समेत भईसकेका रावलाई यस पटक संगठनको केन्द्रीय महत्वपूर्ण जिम्मेबारी पाईएको छ । विभिन्न महामारीका बेला महत्वपूर्ण भूमिका निर्वाह गरेका रावलले संगठनमा पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै आम जनस्वास्थ्यकर्मीको हकहितका लागि काम गर्दै नागरिकलाई स्वास्थ्य क्षेत्रमा दिनुपर्ने सेवा प्रदानका लागि प्रतिबद्ध रहेको बताएका छन ।

प्रतिक्रिया दिनुस