कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा शुक्रबार माईलेज प्रतियोगिता सम्पन्न भएको छ । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालि र केएम इन्टरप्राईजेजको संयुक्त आयोजनामा बजाज कम्पनिको प्लाटिना १०० सि. सिको मोटरसाइकलको माईलेज प्रतियोगिता सम्पन्न भएको हो ।
बजाज कम्पनीको माईलेज दिने मोटरसाईकल भनेकै प्लाटिना एक सय सिसी हो, भन्ने उपभोक्तामा सन्देश दिनका लागि माईलेज प्रतियोगिता आयोजना गरिएको थियो ।

माइलेज प्रतियोगितामा अतिथि हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रा.लि  म्यानेजर कपिलदेव बोकटी र के .एम इन्टरप्राईजेजका संचालक तथा प्रबन्ध निर्देशक दिपेन्द्र प्रकास साउद र  किरोज मोहपाल रहेका थिए  ।
नयाँ मोटरसाईकल सहित चालक अनुमती प्राप्त व्यक्तिलाई प्रतियोगितामा सहभागी भएका थिए ।

सहभागी मध्ये प्रथम, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गरिएको‌ छ  ।हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालि  म्यानेजर बोकटीले नेपालमा दुई दशकदेखि बजाज कम्पनीका मोटरसाईकल बिक्री गर्दै आएको बताए ।

माईलेज प्रतियोगिता प्लाटिनस चलाएर  ९५ माईलेज पुर्याएर सुनिल बिक्रम शाह प्रथम भएका थिए उन्ले म्याडल सहित १०,००० हजारको उपहार प्राप्त गरेका थिए । त्यस्तै  ८९ माईलेज पुत्याएर कपिल क्षेत्री‌ बहादुर दोस्रो बिजेता भएका छन उन्ले म्याडल सहित ७००० हजारको उपहार प्राप्त गरेका थिए । त्यस्तै ८७ माईलेज पुर्याएर म्याडल सहित ५००० हजार बराबरको उपहार प्राप्त गरेका थिए

उक्त माईलेज कार्यक्रमको सञ्चालन के एम इन्टरप्राइजेजका मार्केटिङ म्यानेजर धनन्जय अवस्थीले गरेका थिए । माईलेज प्रतियोगितामा ५२ जना सहभागि रहेका थिए ।

प्रतिक्रिया दिनुस