कञ्चनपुर। वेदकोट नगरपालिकामा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्नका लागि १३ सदस्यीय मस्यौदा समिती गठन गरिएको छ । वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका प्रमुख उपप्रमुख, प्रशासन प्रमुख, प्राविधिक लगायत अन्य पदाधिकारीहरुको उपश्थिती मा सामुदायिक पशु व्यवस्थापन गर्न उक्त मस्यौदा समिती गठन गरिएको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले जानकारी दिनुभयो ।
वेदकोट नगरपालिकाबाट पछिल्लो समय हरेक पालिकाहरुलाई चुनौती र विकराल समस्याकोे रुपमा रहेको सामुदायिक पशु व्यवस्थापनलाई ससम्मानका साथमा व्यवस्थित गर्नको लागि वेदकोट नगरपालिकाले विगत ४ महिना देखी कार्यको थालनी गरेको उपप्रमुख जोशीले बताउनु भयो ।आईतवार मस्यौदा समिती गठन गरेर काम अगाढी बढाईएको उहाँले बताउनु भयो ।

अहिलेको मस्यौदा समितीमा ७ जना वेदकोट नगरपालिकाबाट उपप्रमुख जोशीको संयोजकमा वेदकोट नगरपालिका ५ का अध्यक्ष चित्रदेब भट्ट, बिधायन समितीको संयोजक पवन नेपाली, वडा नम्वर ८ प्रकाश दमाई, वडा नम्वर ४ बाट निर्वाचित सदस्य हिरा अवस्थी, पशु सेवा अधिकृत तर्कराज भटट, ईन्जिनियर शतिस शाही, सदस्य सचिव अमर महरा, र भीमदत्त नगरपालिकाको वडा नम्वर ३ का अध्यक्ष गगन धामी, कृषी विकास अधिकृत कृष्ण दत्त पाण्डेय, पशु विकास अधिकृत बसन्त बहादुर महता, कानुन अधिकृत विरेन्द्रबहादुर सिंह, ईन्जिनियर दिपेन्द्रप्रशाद जोशी, प्रशासकिय अधिकृत सुवास अधिकारी सहित १३ जनाको मस्यौदा समिती गठन भएको हो ।

सामुदायिक पशु व्यवस्थापनमा विगतका दिनमा पनि करोडौ बजेट लगानी गरेर समस्या जस्ताको त्यस्तै रहेको अवस्थामा अब वेदकोट नगरपालिकाले दिर्घकालिन व्यवस्थापन दिगो व्यवस्थापनको लागि यो मस्यौदा समितीले कार्यको थालनी गर्ने बताउनु भयो ।

३ महिना पहिला ७ जनाको अध्ययन टिम बनाएर बिभिन्न जिल्लामा गएर अध्ययन गरी कार्यपालिकामा रिपोर्ट पेश गरिसकेको अवस्थामा बिभीन्न चुनोतीलाई पार गर्दै अहिले राम्रो कामको थालनी भएको उपप्रमुख जोशीले बताउनु भयो ।
शुरुवाती चरणमा जग्गा पाउनका लागी ठुलो चुनौती रहेको अवस्थामा वेदकोट नगरपालिका ४ मा रहेको वालज्योती विधालयका व्यवस्थापन समितीले १२ विगाह जमिन उपलब्ध गराउने निर्णय भएपछि अहिले उक्त ठाँउमा विजुली बत्ती, पानी बित्तिय व्यवस्थापन आहर व्यवस्थापन लगायतको अहिले पनि समस्या भएको बताउनु भयो ।

अहिले महिला टिमले उक्त काममा सहकार्य गर्ने भन्ने योजना रहेको र पिताम्वर योगीसंग जोडिदा वर्दियामा बनाईएको ऐन राम्रो भएको र यहाँ पनि उक्त ऐन पारित गरियो भने राम्रौ हुने भएकाले राम्रो ऐन,कानुन, बिधी प्रक्रिया निर्माण भयो भने सबैलाई राम्रो हुने सबेको सहकार्य समनवय हातेमालो गय्रो भने यो चुनौतीलाई सहज रुपमा पार गर्न सकिने, दिर्घकालिन रुपमा समस्याको समाधान हुनेमा आफु विस्वस्त रहेको बताउनुभयो ।
यो समस्या समाधान गर्ने संघिय सरकार, प्रदेश सरकार स्थानिय समाजसेवी, बुद्धिजिवी,लगायत सबैको दायित्व भएकाले सबैले साथ दिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस