कञ्चनपुरको भीमदत्त १८ मा रहेको भगतपुर निम्बुखेडा खानेपानी सरसफाई उपभोक्ता समितिले संस्थामा विगत लामो समयदेखि समितिको कार्यलयमा पलम्बर र सुरक्षा गार्डको कार्य गर्दै आईरहेका दुईजना कर्मचारीलाई विनाकारण जागिरबाट हटाएको आरोप लागेको छ ।

संस्थाको स्थापनाकालदेखि नै कार्य गर्दै आईरहेका पलम्बर श्याम चौधरी र २०७७ भदौदेखि चौकीदार पदमा कार्यरत शारदा जोशी चौधरीले विनाकारण संस्थाका अध्यक्षले आफुहरुलाई जागिरबाट पदमुक्त गरेको आरोप लगाएका हुन ।
‘म हजुरको संस्थाको स्थापनाकालदेखि काम गर्दै आईरहेको व्यक्तिलाई विनाकारण पदमुक्त गरेको छ’, पलम्बर चौधरीले भने ‘मेरो केहि पनि गल्ती गरेको छु मबाट कनै गल्ती भए सच्याउछौ समेत भनेका छौ, स्पष्टिकरण पनि दिए तर स्पष्टिकरण बुझ्न मानेन् बरु उल्टै मलाई पदमक्त ग¥यो यो त अन्याय भयो, न्याय गरिदिनुपयो ।’
अध्यक्षलाई आफुले दुई हजार तलव बढाई दिन आग्रह गर्दा दुबै जनाले जागिरबाट निकालिनु परेको शारदा जोशी चौधरीले बताए । ‘मैले अध्यक्षलाई ६ हजार रुपया अलि कमभयो २ हजाररुपयाँ जति ढाईदिनु प¥यो, घरपरिवार खर्च धान्न अप्ठारो भयो आठ हजार जति भए घरधन्दा चलाउन सहज हुन्थ्यो भनेर आग्रह गरेको थिए तर दुबैजनालाई जागिरैबाट निकालिदिए,’ चौकीदार शारदाले भनिन् ‘तलव बढाई दिन आग्रह गरेको केहिदिन पछिबाट विभिन्न आरोप लगाउदै स्पष्टिकरण सोधे, स्पष्टिकरण बुझाउदापनि बुझेनन्, र अन्तमा भदौ १५ गतेका दिन दुबैजनालाई पदबाट निस्कासन गरेको पत्र दिए उहाँहरुले हामीमाथि अन्याय गरे ।’समितिले हटाएकामध्ये श्याम चौधरी प्लम्बर र उनकी धर्मपत्नि चौकरीदार हुन् । दुई वर्षसम्म विना तलब काम गरेका चौधरीलाई २०७५ देखि ५ हजार त्यसपछि ९ हजार तलब दिने गरिएको थियो । उनकी श्रीमतिलाई गत वर्षदेखि मात्रै ६ हजार तलब दिइएको थियो ।
समितिका अध्यक्ष गणेश सिंह धामीले पलम्बर श्याम चौधरी र शारदा जोशी चौधरीलाई कार्यालय प्रमुखसंग समन्वय नगरी बाहिरको काममा जाने गरेको, उपभोक्ताहरुको काममा समय नदिएको जनगुनासो समितिसम्म पुगेको, चौकिदार क्वाटरमा मन्दिर बनाईएको गाईबाख्रा पालिएको र कार्यलय परिसरमा होहल्ला गरेको आरोप लगाएर भदौ ५ गते ७ दिने स्पष्टिकरण सोधेको देखिएको छ । पाच गते स्पष्टिकरण सोधेको कार्यालयले भदौ ७ गते नै महेन्द्रनगरका स्थानीय पत्रपत्रिकामा चौकीदार र पलम्बरको विज्ञापन खोलेको सुचना प्रकाशित भएको थियो । र भदौ १५ गते पदमुक्त गरिएको सुचना श्याम र शारदालाई काटेको पाईएको छ ।

उनीहरुलाई हटाउन अघि समितिले पाँच जना नयाँ कर्मचारी नियुक्त गरिसकेको छ ।मदमुक्त कर्मचारी द्धय चौधरीले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गुहारेका छन् ।जिफन्टका नगर अध्यक्ष शंकरदत्त जोशीले चौधरीको निवेदन आएपछि न्यायका लागि पहल गरिएको बताए ।
‘समितिले सुरुदेखि राखेका कर्मचारीलाई यसरी विना कारण हटाउन अन्याय नै हो, यो गर्नु ठिक होइन’ उनले भने,‘त्यसका लागि संगठनले दबाव दिन्छ, न्याय दिलाउन लाग्छ ।’तदर्श समिति गठन गर्न माग अधिकांस सदस्यले तदर्थ समिति गठन गरी चाडो भन्दा चाडो साधारण सभा गर्न माग गरेका छन् । ९ सय घरधुरी आवद्ध संस्थानमा ७२५ घरपरिवारले धारा जोडेका छन् । संस्थाको विगत दुई बर्षदेखि साधारण सभा बस्न सकेको छैन् ।

संस्थानको कार्यालयमै कार्यालय प्रमुखका श्रीमानको पसल खानेपानी तथा सरसफाई समितिको कार्यालयमै कार्यालय प्रमुखका श्रीमान महानन्द पाण्डयको पलम्बिङ सम्बन्धी पसल रहेको खुलेको छ । उपभोक्ताहरुले त्यही पसलबाट खानेपानी सम्बन्धीका सरसमान लग्नुपर्ने बाध्यता बनाएको एक जना उपभोक्ताले बताए । उनले उक्त पसल समितिका सचिव देवकी पाण्डेयका देवरको रहेको समेत बताए । उनका अनुसार समितिको कर्यालयमै पसल संचालनका लागि कुनै पनि साधारण सभाबाट निर्णय नभएको भएता पनि समितिले मनोमानी गर्दै आएको हो । समितिका सचिव देवकी पाण्डेय, कार्यालय प्रमुख र अध्यक्ष गणेश धामी लगायतका कार्यसमितिको आडमा पाण्डेयले पसल संञ्चालन गरिरहेको नाम नबताउने सर्तमा एक जना उपभोक्ताले बताए ।

प्रतिक्रिया दिनुस