कञ्चनपुर । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस भएकी छिन । अधिकारकर्मी नेगीलार्ई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।

 

नेगीलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क) प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्र निर्वाचन क्षेत्र ३(क) प्रादेशिक कमिटिले अधिकारकर्मी नेगीलाई समानुपातिक उम्मेदवारमा अघि सारेको हो । महिला, बालबालिका, किशोरी एव जेष्ठ नागरिकको हक हितका लागि काम गर्दै आएकी अधिकारकर्मी नेगीलाई समाजिक क्षेत्रमा ख्याती कमाएको भन्दै माओवादीले नेगीलाई पनि समानुपातिक उम्मेदवारकै रुपमा अघि सारेको छ ।

 

नेगी झण्डै डेढदशक बढि सयमदेखि माओवादी राजनीतिमा समेत सकृय रहेकी थिईन । ०६१सालमा माओवादीको पार्टी सदस्यता दिएर भीमदत्त नगरपालिका १८नम्बर वडा अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा संयोजक भएर काम गरेकी थिईन । महिला संघ क्रान्तिकारी नगर सचिव, जिल्ला संयोजक, पार्टी जिल्ला सदस्य, हाल बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेबारीमा छिन । समान्य अन्य महिला जस्तै नेगीपनि घरसायी काम गर्न कुनै हिचकिचाहट बिनै काम गर्दै आएकी छिन । उनी विभिन्न समाजिक क्षेत्रमा समेत संलग्न छिन । पहिल्यैदेखि संघर्षशिल रहेकी नेगीले अन्तरपार्टी महिला सञ्जाल कञ्चनपुरको समेत जिम्मेबारी निर्वाह गरिसकेकी छिन । कोषाध्यक्ष, जिल्ला अध्यक्षको जिम्मेबारी निर्वाह गरेकी नेगी हाल सञ्जाल सुदूरपश्चिम प्रदेश उपाध्यक्षको जिम्मेबारीमा छिन । नेगीले राजकीय जिम्मेबारीमा नहुँदा समेत अहोरात्र रुपमा दिनदुखि गरिब विपन्न एव हिन्सामा परेका महिलाको उद्दार, अधिकारका क्षेत्रमा काम गर्दै जिल्लामा भिन्नै परिचय बनाएकी छिन । आफुलाई पार्टीले जिम्मेबारी दिए थप महिलाको हक अधिकार न्याय, समानताका क्षेत्रमा थप काम गर्ने नेगीको योजना छ । ‘मलाई पार्टीले विश्वास गरेर समानुपातिक सिफारिस गरेको छ, ‘उनले भनिन, ‘पछि पनि जिम्मेबारी दिए थप महिलाको उत्थानका क्षेत्रमा काम गर्छु ।’

प्रतिक्रिया दिनुस