कञ्चनपुर भाद्र ३० । कञ्चनपुरको महेन्द्रनगरमा रहेको हंस राज चन्द एन्ड कम्पनिको आधुकारि डिलर केएम ईन्टरप्राईजेजले बजाज कम्पनिको नयाँ पल्सर १२५ सीसीको NS मोटरसाइकल लन्च गरेको छ ।
बिहीबार केएम ईन्टरप्राईजेजले १२५ सीसी एनएसको मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्न सुरु गरेको हो ।
केएम ईन्टरप्राईजेजका सञ्चालक दिपेन्द्र प्रसाद साउँदले पल्सर १२५ एन एस मोटरसाइकको लन्चिङ्ग गरेका हुन । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल १२५ एन .एस आकर्षक डिजाइनमा तयार गरिएको छ ।
१२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग भएको छ । इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ ।
यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।अगाडी टेलिस्कोपिक फर्क र पछाडी निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडी २४० एमएमको डिस्क र पछाडी १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।