कञ्चनपुर । संघीय सरकारले चालु आर्थिक बर्ष २०७९÷०८०मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत संचालन गर्ने राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत कञ्चनपुरका थुप्रै विद्यालय छनौट भएका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत संचालन गर्ने राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत कञ्चनपुरका दर्जनौँ सामुदायिक विद्यालय छनौट भएका हुन ।

शिक्षा विज्ञान तथा प्रविधि मँत्रालय शिक्षा तथा मानव स्रोत विको केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) निर्देशक गोबिन्द राज पोख्रेलद्वारा हस्ताक्षरित पत्रमा चालु आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत मन्त्रालयले २९भदौँ ०७९मा मन्त्री स्तरबाट विद्यालय छनौट भएको जनाएको छ ।

वित्तिय हस्तान्तरण हुने क्रममा रहेकाले कार्यान्वयनका लागि आवश्यक निर्देशन जारी गरिएको छ । राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत क्षेत्र नम्बर १बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीका सामुदायिक विद्यालय छनौटमा पुर्वखानेपानी मन्त्री तथा क्षेत्र नम्बर १की संसद बिना मगरले विशेष पहल गरेकी छिन ।

पुर्वमन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सिनाले पुर्वमन्त्री तथा क्षेत्रकी संसद मगरको विशेष पहल भएको बताए । ‘क्षेत्रबाट विद्यालय, अभिभावक, पालिकाबाट आएका माग अनुरुप संसद ज्यूलले विशेष गरेर शिक्षामन्त्री देवेन्द्र पौडेल सहितका शिक्षा मन्त्रालयका अधिकारीसंग प्रत्यक्ष रुपमा कञ्चनपुरबाट आएका विद्यालय सबै समेट्न आग्रह घघचच्याउनु भएको थियो, ‘उनले भने, ‘आज ससद ज्यूको पहलमा क्षेत्रका विद्यालयमा थप भौतिक पूर्वाधार विस्तार हुनेछ ।’ चालु शैक्षिक ताथ आर्थिक बर्षको पहिलो चौमासिकमै कार्यक्रम कार्यान्वयनका लागि पत्राचार भएको छ ।

चालु बर्ष बर्षको दुई महिनामै राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम संचालनका लागि छनौट पत्राचार भएसंगै कार्यक्रम प्रभावकारी हुने मन्त्रालयले अपेक्षा गरेको छ । गत बर्ष सहित अन्य आर्थिक बर्षमा अन्तिमतिर मात्रै कार्यक्रम आउने गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत कञ्चनपुर दक्षिणी क्षेत्रका दर्जनौँ सामुदायिक विद्यालय समेत छनौट भएका छन । आईसिटी, ४कोठे पक्की भवन निर्माण हुने छन । ग्रामिण विद्यालयमा सुविधा सम्पन्न भवनदेखिका आईसिटी जडान कार्यबाट ग्रामिण भेगका विद्यालयको सुधार हुनेछ ।

प्रतिक्रिया दिनुस