कञ्चनपुर । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य लोकेन्द्र लम्साल प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन । पोल्टिब्यूरो सदस्य लम्साललाई कञ्चनपुर क्षेत्र नम्बर १(क) प्रदेश निर्वाचन क्षर््ोत्रबाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हो ।

पोलिट्ब्यूरो सदस्य लम्साललाई १(क) प्रदेश सभा प्रत्यक्ष तर्फका उम्मेदवारमा सिफारिस गरेको छ । कञ्चनपुरको पुनर्वास नगरका स्थानीय समेत रहेका लम्साल पुराना कम्युनिष्ट नेता हुन ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका लम्साल सीमा अतिक्रमण बिरुद्ध शसक्त रुपमा प्रतिवाद गर्दै आएका छन । दक्षिण क्षेत्रको विकास निर्माणका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका लम्सालको उम्मेदवार सिफारिस भएसंगै पुनर्वास–लालझाडीका स्थानीय समेत हर्षित भएका छन । माओवादी नेता लम्सालले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया दिनुस