कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण)ले आफ्नो मुखपत्र साधारण मञ्जरी प्रकासित गरेको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण)ले मुखपत्र साधारण मञ्जरी प्रकासित गरेको हो ।

आइतबार एक कार्यक्रमका विच विद्यालयको मुखपत्र प्रथम अंक ०७९ बिनोचन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरका प्रमुख दिपक राज कलौनीले मञ्जरीको बिनोचन गर्दै विद्यालयले राम्रो कामको शुरुवात गरेको भन्दै प्रसंसा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईकाइ प्रमुख कलौनीले सामुदायिक विद्यालयले आफ्ना बार्षिक कार्यक्रम यसरी नै निकाल्नुपर्नेमा

जोडदिए ।

कार्यक्रमाका बिशिष्ठ अथिति समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज विष्टले हरेक बर्ष विद्यालयले मञ्जरी निकाल्ने बताए । विद्यालयका समग्र शैक्षिक एव अतिरिक्त कृपाकलाप सहित समेटिएको मञ्जरी प्रकासित गरिएको प्रध्यानाध्यापक ललित सिह साउदले बताए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहितको सहभागिता रहेको थियो । कायक्मकाे सचालन सहायक प्रअ सरस्वती धामिले गरेकि थिईन ।

प्रतिक्रिया दिनुस