राजेन्द्र निर्माण सेवाका संचालक ठेकेदार भीम साउदले कैलाली कञ्चनपुरमा रहेका सडक, पुलमा काम गर्ने धेरै मजदुरको ज्याला रोकेर दुख दिएको गुनासो आएको छ । राजेन्द्र निर्माण सेवाका संचालक ठेकेदार भीम साउदले दैजी जोगबुडा वुडर सडक खण्डमा काम गर्ने मजदुरको एक बर्ष बितिसक्दा समेत ज्याला दिन अनेक बहाना गरेर अनाकानी गरेको आरोप लागेको छ । मजदुरहरुले पटक पटक आफ्नो ज्याला माग्न ताकेदा गर्दा अनेक बहाना गरेर पैसा दिन अनाकानी गर्ने गरेको मजदुरहरुले गुनासो गरेका छन ।

राजेन्द्र निर्माण सेवा कम्पनीका सञ्चालक भीम बहादुर साउदले वुडर(दैजी सडक खण्डका विभित्र खण्डमा गतवर्षको असार भाद्र असोज महिनामा काममा लगाएका मजदुरहरुको ज्याला भुक्तानी नगरेको भन्दै ज्याला भुक्तानी गरिदिन नेकपा (क्रान्तिकारी माओवादी) ले एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

२०७९ साल भाद्र २ गते विज्ञप्ति जारी गरी अनुरोध गरेकोमा आज सम्म सो सडक खण्डमा कमगर्ने मजदुरहरूले सडकमा काम गरेको ज्यालामजदुरी नपाएको हुँदा यथाशीघ्र कामदारहरूको ज्याला राजेन्द्र निर्माण सेवा कम्पनीले भुक्तानी गर्न नेकपा (क्रान्तिकारी माओवादी) डडेल्धुराका डिसिएस धरातल ले विज्ञप्ति मार्फत पुन अनुरोध गरेको छन्।

नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका साउद डडेल्धुरा (क)बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।
राजेन्द्र निर्माण सेवाका संचालक ठेकेदार भीम साउद प्रदेश सभाको लागि चुनाव लड्ने दाउमा रहेका छन । चुनावमा करोड खर्च गर्न तयार रहेका ठेकेदार साउद मजदुरको पैसा तिर्न आनाकानी गरेर दुख दिने काम गरेका छन ।

प्रतिक्रिया दिनुस