खडक बहादुर कोहली

कञ्चनपुर । कञ्चनपुरमा संचालित एक एनजिओको कार्यक्रममा लफडा मच्चिएको छ । यूरोपियन यूनियनको आर्थिक सहयोगमा मुक्त हलियाका लागि संचालित तालिममा लफडा मच्चिएको हो । राष्ट्रिय मुक्त हलिया समाज महासंघले असोज २ र ३ गते महेन्द्रनगरको एक होटलमा मुक्त हलिया शसक्तिकरण तालिम संचालन थियो ।

विदेशी दातृ संस्था युरोपियन यूनियनको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ मार्फत मुक्त हलिया शसक्तिकरण परियोजना(अधिकार)अन्र्तरगत संचालित तालिममा कञ्चनपुरका केही मुक्त हलियाले गैर हलियाहरुलाई तालिममा सहभागि गराएको भन्दै बिरोध जनाएका छन ।

उनीहरुले मुक्त हलियाका पदाधिकारीले आफन्त नातेदारलाई तालिममा सहभागि गराएर डलर पचाउने काम गरेको आरोप लगाएका छन । ताालिममा किन ? सहभागि नगराएको भन्दै वास्तविक मुक्त हलियालाई दुव्र्यवहार गरेको भन्दै मुक्त हलिया मोहन दमाई प्रहरीमा गएका छन ।

तालिम संचालन भएको दोस्रंो दिन सोमबार दमाईले साथमा अनिल दमाई लिएर तालिम हलमा प्रवेस गरेका थिए । आयोजकले उनलाई तालिम बिथोल्न आएको भन्दै सम्झाई बुझाई गर्दै अर्को तालिममा सहभागि गराउँने भन्दै बाहिर पठाएका थिए । तर दमाईले आफुमाथि विभेद भएको र आयोजकका मान्छेले दुव्र्यवहार गर्दै गालीगलैच गरेर बाहिर पठाएको बताए ।

आफुमाथि तालिम हलमै दुव्र्यवहार भएको भन्दै वडा प्रहरी कार्यालय महेन्द्रनगरमा मौखिक उजुरी दिएको बताए । दमाई लामो समयदेखि गाली गलैचगर्नेमाथि कार्बाहीको माग अघि सारेर वडा प्रहरी कार्यालयको गेटमा बसेका थिए ।

‘हामी भीमदत्त नगरपालिका १९ बाँगफाटा मुक्त हलिया बस्तीका हलिया हौँ, ‘दमाईले भने, ‘यो तालिममा अधिकाँस गैर हलिया, हलियाका एनजिओकर्मीका आफन्तलाई होटलमा तालिम गराए विदेशीको डलर पचाउने काम मात्रै गरेका छन, ‘उनले भने, ‘वास्तविक हलियामाथि विभेद अन्याय भएको छ, मलाई अहिलेसम्म कुनैपनि तालिममा सहभागि गराएको छैन ।’

मुक्त हलियामा हुने बेथिति बिरुद्धमा आफु प्रशन उठाउने भएपछि आफुलार्इै कहिल्यैपनि तालिमबाट बञ्चित गराएको गुनासो पोखे । ‘मलाई बागफाँटा मुक्त हलिया बस्तीमा बसेको ६ बर्षभयो, ‘उनले भने, ‘अहिलेसम्मm एक तालिममा समेत सहभागि गराएको छैन ।’

दलित, गरिब, मुक्त हलियाका लागि आउने बजेट समेत दलितकै अगुवाले पचाउने काम गरेर दलितमाथि दमन गरेको उनको आरोप छ । आफुहरुलाई तालिममा किन ? छुटाएको भन्दै अर्का मुक्त हलिया अनिल दमार्इूलाई ल्याएर कार्यक्रममा प्रवेस गरेर आफ्ना कुरा राख्नेबेला बोल्न नै नदिएर ठेलठाल गरेर बाहिर पठाएको बताए ।

‘बिगाऔँ जमिन भएका मान्छेलाई मुक्त हलियाको परिचय पत्र बनाएर घर जमिन दिएपनि अहिले मुक्त हलिया बस्तीमा घर खाली भईरहेको बेचबिखन भईरहेका छन, ‘उनले भने, ‘बागफाँटामै ३६ कित्तामा ३२ घर बने, अधिकाँस बेचबिखन र गैर मुक्त हलिया मात्रै बस्छन ।’

दमाईले मुक्त हलिया नहुँदा समेत जबरजस्ती मुक्त हलिया बनाएर राज्यको सम्पती दोहनदेखि विदेशी दातृ निकायको डलर पचाउने काम भएको फेरीपनि मुक्त हसिलयाको उस्तै अवस्था रहेको दुखेसो पोखेका छन । राष्ट्रिय मुक्त हलिया समाज महासंघ मुक्त हलिया शसक्तिकरण परियोजना संयोजक अन्तराम ओडले मोहन दमाईलाई कसैले पनि गाली गलैच नगरेको बताए ।

‘मुक्त हलिया युवाका लागि शसक्तिकरण तालिम थियो, ‘उनले भने, ‘तालिममा १८ जना सहभागि हुन, हामीले जिल्लाभरीबाट खबर गरेर तालिम संचालन गरेको थियौँ, दोस्रो दिन मोहन दमाई आएर कार्यक्रमभित्र विवाद गर्न थालेपछि हामीले तालिम बिथोल्न पाईदैन, फहाट बनेर बाहिर पठाएका हौँ ।’

दमाईले आयोजकमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । ‘उहाँ मदन दमाई जहिल्यै विवाद गर्दै आएका छन, ‘उनले भने, ‘हामीले उनीमाथि कुनै विवेद गरेका छैनौँ, उनको बस्तीबाट पनि सहभागि भएका छन, छुटेकालाई पछि पनि समेट्दै गछौँ ।’

तालिम फेरीफेरी समय समयमा आईरहने बताउदै उनले मोहन दमाई पनि अन्य तालिममा समेटिएका र फेरीपनि समेटिने बताए । दमाईले महासंघका पदाधिकारीकै आफन्तलाई तालिममा सहभागि गराएको आरोप समेत निराधार भएको कार्यक्रम संयोजक ओडले बताए ।

प्रतिक्रिया दिनुस