कञ्चनपुर । दार्चुला समाज कञ्चनपुरको तदर्थ समिति गठन भएको छ । शनिबार महेन्द्रनगरमा दार्चुला समाजको भेलाले तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा भीम साउद अध्यक्ष भएका छन । उनी पुर्व जिल्ला शिक्षा अधिकारी हुन ।

अध्यक्ष साउदले निर्माणाधिन गेटा मेडिकल कलेजवको निर्देशक भएर समेत काम गरेका थिए । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका साउद दार्चुला समाज कञ्चनपुरको नेतृत्वमा छन ।

उपाध्यक्ष भवानी प्रशाद पन्त, सचिव निरन्जन प्रशाद विष्ट, सह सचिव दिपक विष्ट, कोषाध्यक्ष विजयालक्ष्मी अवस्थी, सदस्य प्रेमसिह महरा, आनसिह धामी, कल्यान सिह विष्ट, बसन्त ब. सिह, ओमकार प्रशाद विष्ट, परुषोत्तम भट्ट, जित ब. बम, लक्ष्मी धामी, जानकी जोशी, शान्ति सिह, कृष्ण सिह ठगुन्ना, कम्मान सिह विष्ट, केशब दत्त बडू, महादेव जोशी, दिनेश पाल, कमला विष्ट रहेका छन ।

दार्चुला समाजले ०७९ सालको वडादशैँको अवसर पारेर समेत शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा दार्चुला थाकथलो भई कञ्चनपुरमा बस्दै आएका दार्चुलाबासीले दार्चुलाको लोक, संस्कृति, संस्कार परम्पार संरक्षणमा जोडदिएका छन ।

कार्यक्रममा समाजसेवी हरक सिह धामी, तारादत्त जोशी, मञ्जु गिरी, पिताम्बर जोशी, माधव जोशी सहितका दार्चुलाबासी अगुवाले दार्चुलाको लोक संस्कृति संस्कार परम्परा संरक्षणमा जोडदिदै आएका छन ।

दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिका अध्यक्ष भीम साउदले दार्चुला मुलथलो भएका आम स्थानीयको समाजिक बृद्धि विकासका साथै समाजिक कार्यका लागि समाजले काम गर्ने बताए । अध्यक्ष साउदले जिल्लाका ९वटै पालिकाहरुमा समेत समाज विस्तार गरिने बताए ।

प्रतिक्रिया दिनुस