कञ्चनपुरमा नेकपा माओवादी केन्द्र पार्टीमा एक पछि अर्को गर्दै राजिनामा दिनेको ओइरो लागेको छ । एक पछि अर्को राजिनामा दिने पुराना नेताहरूले गर्दा आगामि मंसिर ४ को निर्वाचनकामा माओवादी पार्टीमा झट्का लाग्ने भएको छ । पुराना क्रान्तिकारी नेताहरू पार्टीको गुट आन्तरिक कलह नातावाद , चरम अवसरवादी पन‌ , गुटगत राजनिति , पार्टीको कार्यदिसा लगायत राष्ट्रियता ,जनतन्त्र लगायतका बिषयमा असन्तुष्ट  रहेका पुराना क्रान्तिकारी नेताहरू धमाधम राजिनामा गरेर निस्कृय भएका छन ।

सनिवार नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका ८ जनाले संयुक्त  रुपमा राजनीमा दिएका छन । सनिवार एक विज्ञप्ती निकालेर पुराना क्रान्तिकारी त्यागी शिक्षक संगठनका ८ जना नेताहरूले सामुयिक राजिनामा गरेका छन ।

राजिनामा दिनेमा शिक्षक संगठनका अभियान संयोजक निवर्तमान केन्द्रिय उप महासचिव सुमन कुमार न्यौपाने, एकिकृत अखिल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य बिक्रम चौधरी, केन्द्रिय सदस्य टेक बहादुर चन्द, सु.प प्रदेश उपसचिव रतन प्रसाद जैसी, सचिव धौल सिंह जागरी , सुदुरपश्चिम सचिव गंगा दत्त भट्ट, सदस्य कर्ण बहादुर भण्डारी , जिज्ला सह-सचिव कञ्चनपुर महेश राज भट्ट रहेका छन ।

नेकपा माओवादी केन्द्र पार्टीमा बिधि प्रकृया भन्दा चाकरी ,चाप्लुसी, व्यक्तिगत स्वार्थ, गुटगत राजनिति हावि भएको भन्दै शिक्षक संगठनका ८ जनाले सयुक्त राजिनामा दिएका छन ।

 

प्रतिक्रिया दिनुस