कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८नम्बर वडामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको छ । शनिबार भगवती सामुदायिक वनको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा पारिफाँटामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको हो ।

भगवती सामुदायिक वनका अध्यक्ष केशव सिह धामीले सामुदायिक वनको आयोजना सहित सृजनशिल बचत तथा ऋण सहकारी र च्यारिटी हेल्थ फाउण्डेशन धनगढीको संयुक्त आयोजनामा निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर आयोजना गरिएको बताए ।

अध्यक्ष धामीले स्वास्थ्य शिबिरबाट ४सय ८ बिरामी लाभान्वित भएको बताए । उनका अनुसार महिला २सय ३८, पुरुष १ सय ७० रहेका थिए । सल्यकृया गर्नुपर्ने ३६, चम्मा वितरण ७०लाई गरिएको छ ।

बाँकीलाई औषधी, परामर्स गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महराले बेला बेलामा समाजिक संघ संस्थाबाट कार्यक्रम संचालनमा जोडदिए ।

प्रतिक्रिया दिनुस