कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईले अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । भोली (आइतबार) महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।

राईले शनिबार केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय समेत रहेका राई राजनीतिकर्मी, किसान नेता एव समाजिक अगुवा नेताका रुपमा परिचित छन । एक दशक बढीसयमदेखि राई सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका छन ।

उनी टर्सरी महाससचिवदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष पदको जिम्मेबारी निर्वाह गरिसकेका छन । अहिले पनि निर्वतमान क्षेत्रीय समिति दोस्रो चरणको अध्यक्ष हुन । उनले आफु क्षेत्रीय समितिको कोषाध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र व्यवस्थापन गर्दै सिमसारखेतीयोग्य भूमिलाई पुर्नरुत्पादन गराउएको, आईडब्लूआरएमपीका कार्यक्रम संचालन गरेको अहिले पनि सिँचाई प्रणाली थप सुधारको योजना रहेको बताए ।

‘म कोषाध्यक्ष भएकै कार्यकालमा ठुलो कार्यक्रम ल्याउन सफल भए, ‘उनले भने, ‘अझैपनि थप कार्यक्रम ल्याउँछु ।’ अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गराएसंगै आईले एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका छन ।

राईले अधुरा टर्सरी निर्माण, मर्मत, आम किसानको खेतखेतसम्म सिँचाई पु¥याउने योजना अघि सारेको बताए । ‘मेरो उदेश्य हरेक किसानलाई सिँचाईमा सहज पहुँच हो, ‘उनले भने, ‘स्रोत खोजेरै भएपनि सिँचाई प्रणालीमा ब्यापक सुधार गर्छु ।’

प्रतिक्रिया दिनुस