कञ्चनपुर । महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचन भएका छन । भट्टले आफ्ना प्रत्यासी अशोक बहादुर साउदलाई १६मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । ६०मत खसेका थिए र जसमध्ये २मत बदर भएका थिए ।

पुर्व नेवि संघ विद्यार्थी नेता समेत रहेका भट्टले सिँचाईमा निर्वाचित भएसंगै सिँचाईसंग सम्बन्धीत सबै समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले सिँचाईका अधुरा काम गर्ने, सिँचाई नपुगेका स्थानमा पुगाउने, समितिलाई पारदर्शी बनाउने बताए । उनले आफुलाई अध्यक्षको जिम्मेबारीमा प्रत्यक्ष तथा आप्रत्यक्ष सहयोग गर्ने महानुभावप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुस