कञ्चनपुर । थारु कल्याणकारिणी सभा कञ्चनपुरको सभापतिमा सानु चौधरी चयन भएकी छिन । शनिबार मध्यरातमा सम्पन्न भएको ९औँ जिल्ला अधिवेशनबाट चौधरी सभापतिमा चयन भएकी हुन ।

उसभापति अम्बिका चौधरी, आशाराम चौधरी, रतनलाल राना, सचिव रेशम चौधरी, सह सचिव राज कुमार चौधरी, कोषाध्यक्ष बसन्ती चौधरी चयन भएका छन । सदस्यहरु कुमारी लक्ष्मी चौधरी, अहरीलाल चौधरी, सिता डगौरा, चन्द्र प्रशाद चौधरी, टेक ब. चौधरी, प्रकास राना, जगदिश चौधरी, ज्ञानु चौधरी, सिता चौधरी चयन भएका छन ।

केन्दीय पार्षदमा हरिराम चौधरी, लक्ष्मी नारायण चौधरी, गिता चौधरी, उदय चौधरी, दुलारे राना, आरती चौधरी चयन भएका छन । थारु कल्याणकारिणी सभा कञ्चनपुरको सभापतिमा चयन भएका सानु चौधरीले थारु कल्याणकारिणी सभा कञ्चनपुरलाई अझै उचाईमा पु¥याउने प्रतिबद्धता जोहर गरेकी छिन ।

प्रतिक्रिया दिनुस