कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर माध्यामिक विद्यालयमा अध्ययनरत मृतक छात्राको घर परिवरलार्ई किरियाखर्च उपलब्ध गराईएको छ ।

भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रंनगर माध्यामिक विद्यालय(साधारण) स्कुलमा अध्ययनरत विद्यार्थी पारस भट्टको घर परिवारलार्ई किरियाखर्च दिईएको हो । गत साता महेन्द्रनगर माविका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पारस भट्टको निधन भएको थियो ।

महेन्द्रंनगर माध्यामिक विद्यालयका उच्च मावि संयोजक लोकेन्द्र प्रशाद जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट नेतृत्वमा विद्यालय व्यवस्थापन समिति,शिक्षक, कर्मचारीबाट रकम संकलन गरेर ३८ हजार ८५रुपैँया सहयोग गरिएको बताए । सोमबार अध्यक्ष विष्टले मृतक भट्टका घर परिवारलाई हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुस