काठमाडौं । देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालहरुमा संघर्षरत चार कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थालाई खारेज गरी अग्रगामी व्यवस्थाको लागि आसन्न निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

चार कम्युनिस्ट पार्टीेले सातैवटै प्रदेशमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव गौरव, नेकपा (बहुमत)का संयोजक कञ्चन, नेकपा (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालको हस्ताक्षरमा सार्वजनिक संयुक्त प्रेस वक्तव्यमा जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गरिएको छ ।

वक्तव्यमा २०७९ असोज २३ गते – चितवन, २०७९ असोज २५ गते – जनकपुर, २०७९ असोज ३१ गते – विराटनगर, २०७९ कात्तिक २ गते – पोखरा, २०७९ कात्तिक ४ गते – बुटवल, २०७९ कात्तिक १७ गते – सुर्खेत, २०७९ कात्तिक १९ गते – धनगढी, २०७९ कात्तिक २३ गते – काठमाडौंमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम गर्ने घोषणा गरिएको छ । यसका साथै जिल्लाहरुले पनि आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरु गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि, राष्ट्रघात, जनघातजस्ता विकराल समस्या झेलिरहेका नेपाली जनताले यी सबैबाट उन्मुक्ति चाहेका छन् । यस प्रकारका तमाम समस्याको समाधान खोजिरहेका छन् । तर, त्यसको बदला यो पाखण्डी गठबन्धन सरकारले नेपाली जनतामाथि सङ्घीय र प्रादेशिक निर्वाचनको अर्को बोझ उपहार दिएको छ । संसद तमाम प्रकारका राष्ट्रघात र जनघातको साधन बन्दै आएको तथ्यबारे हामी अवगत नै छौं । आसन्न संसदीय निर्वाचन बहिष्कार÷अवज्ञा गर्दै आएका निम्नअनुसार चार वामपन्थी दलहरुको मोर्चाको हालै बसेको बैठकले निम्नअनुसार विरोध र जनसङ्घर्षका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ । जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न हामी परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गर्दछौं ।”

सङ्घर्षका कार्यक्रमहरुः

  • २०७९ असोज २३ गते – चितवन
  •  २०७९ असोज २५ गते – जनकपुर
  • २०७९ असोज ३१ गते – विराटनगर
  •  २०७९ कात्तिक २ गते – पोखरा
  •  २०७९ कात्तिक ४ गते – बुटवल
  •  २०७९ कात्तिक १७ गते – सुर्खेत
  •  २०७९ कात्तिक १९ गते – धनगढी
  •  २०७९ कात्तिक २३ गते – काठमाडौं
  •  यसका साथै जिल्लाहरुले आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरु गर्ने ।

प्रतिक्रिया दिनुस