कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार बेलौरी नगरपालिकाले दशौँ, तिहार एव छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

बेलौरी नगरका जनप्रतिनिधीले दशौँ, तिहार एव छठका बेला लोक संस्कृति संरक्षण गर्ने गराउने उदेश्यले मनाउनुपर्ने र अनाधिकृत रुपमा मदिरा तथा जुवातास खेल्न, खेलाउन बन्द गर्नुपर्नेमा जोडदिएका छन ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्मा सहितका जनप्रतिनिधी, कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस