सारथी अस्पताल प्रालिले डिलाशैनी भगवती मन्दिरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चलान गरेको छ । सारथी अस्पताल प्राली धनगडीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा महाअस्टमीको जातको अवशरमा श्रद्धालु भक्तजनलाइ निशुल्क स्वास्थ्य चेकजाँज गरिएको हो ।

डिलाशैनी भगवती मन्दिरमा महाअस्टमीको जातको अवशरमा श्रद्धालु भक्तजनलाइ निशुल्क स्वास्थ्य चेकजाँज गरिएको सारथी प्रालिका सञ्चालक वेद प्रकाश जोशीले जानकारी दिनुभयो ।

डिलाशैनी भगवती मन्दिरमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा २५५ जनाको निशुल्क चेकजाँच र औषधी उपलब्ध गराएको जोशीले बताए ।

निशुल्क स्वास्थ्य सिविरमा दम,प्रसेर,सुगर, रूघाखोकी ,वि.पि चेक नापतौलको चेकजाँच गराएर निशुल्क औषधी उपचार गरिएको थियो ।

डिलाशैनी भगवती मन्दिरमा महाअस्टमीको जात हेर्न आएका श्रद्धालु भक्तजनहरूलाइ केहि सहज होस भन्ने उदेश्यले निशुल्क चेकजाँच गरिएको सञ्चालक जोशीले बताए ।

 

प्रतिक्रिया दिनुस