काठमाण्डौं , एक नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्।

कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको हो। उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए। उनलाई प्रहरीले विमानस्थलबाट हतकडीसहित प्रकाउ गरेको छ। उनको हातमा प्रहरीले हतकडी लगाएर विमानस्थलबाट बाहिर निकालेको थियो। हतकडी रुमालले छोपेको थियो भने मुखमा माक्स लगाएको थियो।

विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियो। ठूलो संख्यामा प्रहरी खटाइएको छ। उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएको छ।

प्रतिक्रिया दिनुस