कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा जंगली हात्तिको बथान आतङ्क मच्चाएको छ । मंगलबार गणेशपुरमा पाक्न लागेको  धानबाली नष्ट गरेको छ । जंगली हात्तीले मदन महराको भान्सा घर, गाईगोठ सार ,पानी खाने नल टोडफोड गरेको छ । मदन महराको भने छोराको जन्म दिन मनाउन परिवारका सबै सदस्य झलारी भएकोले जोगियो सार,भन्सा,पानी खाने नल केरावारी ,१ विगाहा धान पुर्ण रूपमा नष्ट गरेको बताए । उन्ले भने मेरो घरमा मात्र पठाएको जस्तो गरेर हात्तीको बथानले धान ,भन्सा सार, नल केराबारी नष्ट गरेको बताए ।

हात्तको बथानले मदन महराको खेतमा ठेक्कामा लगाएको धने बोहराको १ बिगाह धान पुर्ण रूपमा नष्ट गरेका छ । असारको महिना रातदिन मेहनत गरेर लगाएको धान बालुवामा पानी हाले जस्तै भयो । सापटी ऋिण निकालेर किनेको मल जोताई तिर्न बाकिँ छ एकै राति पाक्न लागेको धान सबै हात्तिले खाइ दियो अव कसरी ऋिण तिर्ने कसरी परिवार पाल्ने भन्ने चिन्ता परेको धने बोहराले बताए ।

जंगली हात्तिको बथानले गरेको क्षेतिको अनुगमन गर्न शुक्लाफाँटा नगरपालिका वार्ड अध्यक्ष उत्तर देव भट्ट , सदस्य बलदेव अवस्थी, सदस्य सन्तोला कामी सहित प्रहरी टोली पुगेको छ ।

 

प्रतिक्रिया दिनुस