कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिकामा पुर्चौडी समाजको तदर्थ समिति गठन भएको छ। महाअष्ठमीको अवसरमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा डिलाशैनी भगवती मन्दिरमा  एक भेलाको आयोजना गरेर पुर्चौडी समाजको ११ सदस्य रहेको तदर्स समिति गठन गरिएको छ ।

केहि समय पछि नयाँ बिशेष भेला आयोजना गरेर शुक्लाफाँटा नगरपालिकामा पुर्चौडी समाज गठन गरिने पुर्चौडी समाजका अध्यक्ष बिरेन्द्र बहादुर ऐरले बताए ।

पुर्चौडी समाजको तदर्थ समितिको संयोजकमा शुवर्ण बिष्ट चयन भएका छन । त्यस्तै पुर्चौडी समाजको सदस्यमा जय सिह भण्डारी,जगन्नाथ बिष्ट, गोबिन्द प्रसाद अवस्थी, नरेश ऐरी, जनक बहादुर बिष्ट,धर्मराज जोशी, महादेव जोशी, नरेन्द्र बहादुर, बिष्ट,रतन सिह ढुङकाल,भरत साउँद,प्रेम धानुक,धन्नजय अवस्थी,हरिना देवि बिष्ट,जनक सिंह धामी,शेर बहादुर बिष्ट रहेका छन ।

पुर्चौडी समाजले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा महाअष्ठमीको जात हेर्न आएका भक्तजनलाइ शुद्ध खानेपानी व्यवस्था समेत‌ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुमा २०७९ मा दर्ता भएको पुर्चौडी समाज  बैतडीको पुर्चौडीबाट बसाइ सराइ गरेर कञ्चनपुर आएका सबैलाइ समट्ने उदेश्य रहेको छ ।

 

प्रतिक्रिया दिनुस