कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २(क)बाट नेकपा माओवादी केन्द्रंका युवा नेता ओम विक्रम भाट(सरल)ले टिकट पाएका छन । क्षेत्र २(क र ख)बाट सिफारिस भएका भाटले माओवादी केन्द्रबाट प्रदेश सदस्यमा टिकट पाएका हुन ।

माओवादी जनयुद्ध हुदै दुई दशकबढि समयदेखि राजनीतिमा सकृय रहेका माओवादी केन्द्रीय सदस्य सरलले यस पटक प्रदेश तर्फ टिकट पाएका छन । उक्त प्रादेशिक निर्वाचन क्षेत्र माओवादीको भागमा परेपछि माओवादीले सरललाई अघि सारेको हो । युवा नेताले टिकट पाएसंगै उनलाई बधाईको ओईरो छ । केही बेरमा बाम लोकतान्त्रिक तर्फबाट संघ तर्फ एनपी साउद, (क) प्रदेशबाट ओम विक्रम भाट(सरल), (ख)बाट बहादुर सिह थापाले उम्मेदवारी दर्ता गराउने छन ।

प्रतिक्रिया दिनुस