कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन ।
वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
गत असारमा सम्पन्न भएको वाणिज्य संघको निर्वाचनमा अध्यक्ष जोशी निर्वाचित भएका थिए । संघको चुनाव लडेको तेस्रो महिनामै प्रदेशको चुनावमा होमिएका छन । ‘निर्वाचन आचारसंहिताले आफ्नै कर्मचारी लगेर निर्वाचन अधिकृतको कार्यालय गएर उम्मेदवारी दर्ता गराएको छुँ, ‘उनले भने, ‘निजी क्षेत्रलाई अघि बढाउने योजना छ ।’
संघका अध्यक्ष जोशीसंगै सदस्य गोपाल बुढापालले समेत ३(क)बाट उम्मेदवारी दिएका छन । संघका अध्यक्ष जोशी र सदस्य पाल नै चुनावी मैदानमा देखिएका हुन ।
काँग्रेस निकट रहेका उद्योगी व्यवसायी जोशीले निजी क्षेत्रको समेत प्रतिनिधीत्वका लागि साथिभाईबाट हौसला प्रदान भएपछि उम्मेदवार बन्न खोजेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माले हालसम्म क्षेत्र ३संघबाट दिपक सिह, शारदा चन्द, क्षेत्र ३(क)बाट दिवान सिह आग्री, गोपाल बुढापालले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुस