कञ्चनपुर, २३ असोज ,नेकपा (बहुमत) निकट जवसरमोर्चाहरूले देशव्यापी रुपमा संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै कञ्चनपुर मा पनि आईतवार युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर ईन्चार्ज दिपेन्द्र सिह ऐरी र अखिल (क्रान्तिकारी)कञ्चनपुर ईन्चार्ज द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र कञ्चनपुर जिल्ला निर्वाचन कार्यलय प्रमुख उदयराज जोशी लाई बुझाएको छ। उक्त पत्रमा भनिएको छ ।
१ भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू
२ मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू
३ ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू
४ शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू
५ एमसीसीलगायत राष्ट्रघाती सन्धि–सम्झौताहरू गर्ने व्यक्तिहरू ।
संसदीय प्रणालीको निरन्तरताअन्तर्गतका चुनावमा सहभागी हुनु जनता स्वयम्ले आफूलाई धोका दिनु वा मूर्ख बनाउनु मात्र हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्यसहित स्वाधीन संयुक्त सरकारको तत्कालीन कार्यनीतिअन्तर्गत आसन्न संसदीय चुनाव अवज्ञाको कार्यक्रम तय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्याय प्रमुखको व्यवस्था, प्रत्येक नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकारको व्यवस्था, शिक्षा–स्वास्थ्यको निःशुल्क व्यवस्था तथा आवासविहीन नागरिकहरूलाई आवासको सुनिश्चिततासहित शान्ति, समृद्धि र स्वाधीनता स्थापित गर्ने पार्टी नीति तथा कार्यक्रमहरूप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । देश र जनताका पक्षमा बोल्न र लड्न हामी सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुस