कञ्चनपुर । आफ्नै पार्टी र दलले गरेको गठबन्धन उम्मेदवार बिरुद्धमा बागी उम्मेदवारी दिने केही नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन । क्षेत्र १मा एमालेबाट बागी दिएका १(क) स्थिर प्रशाद घिमिरे, २(क)बाट माओवादीबाट बागी जित बहादुर चौधरी, ३(ख) जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएको क्षेत्र २का निर्वाचन सहायक अधिकृत चन्दकान्त जोशीले बताए । यस्तै क्षेत्र ३मा पनि केही नेताले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माका अनुसार प्रतिनिधी सभा तर्फ शुशिल कुमार साउद, ३(क)मा एमालेबाट कर्ण चन्द, काँग्रेसबाट राम जप्रेल र पदम लुहारले उम्मेदवारी फिर्ता लिएका छन । आयोगले तोके अनुरुप उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन ।

प्रतिक्रिया दिनुस