कञ्चनपुर । आदर्श महिला समाज नेपाल र अन्तरपुस्ता महिलावादी मञ्चले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका विच आदर्श महिला समाज नेपाल र अन्तरपुस्ता महिलावादी मञ्चले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
आदर्श महिला समाज नेपालका अध्यक्ष माया नेगीले निर्वाचन आयोगलाई ज्ञापन र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको बताईन । अध्यक्ष नेगीका अनुसार निर्वाचनका बेला अत्यधिक मदिराको सेवन कारोबार हुने भएकाले त्यसबाट महिला हिन्सा उत्पन्न भएकाले रोक्नका लागि मदिरा नियन्त्रण गर्नुपर्ने माग सहितका एजेण्डा अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।
आदर्श महिला समाज नेपालका अध्यक्ष माया नेगी र अन्तरपुस्ता महिलावादी मञ्चका सह संयोवकद्वय सरु जोशी र रिता शाहद्धारा हस्ताक्षर गरिएको पत्रमा चुनाव प्रचारका बेला महिला, बालबालिकामाथि हुने हिन्सामा नियन्त्रण हुनुपर्ने, शारिरि रुपमा निर्मल मतदातालाई विशेष मतदानको व्यवस्था गरिनुपर्ने, निर्वाचन आचारसंहिता पालना हुनुपर्नेमा जोडदिईएको छ ।