नेकपा विप्लव पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन मंगलबार देखि सिवगढीमा शुरू भएको छ । नेकपा पार्टीको मंगलवार पार्टी केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा नवौँ महाधिवेसन उद्घाटन भएको हो ।

नेकपा पार्टीले युद्ध मिसाइलको नयाँ ड्रोनको परिक्षण गरेर पार्टी महासचिव विप्लवबाट नवौँ महाधिवेसको उद्घाटन गरिएको नेकपाका बझाङ जिल्ला सेक्रेटरी तथा महाधिवेसन प्रतिनिधि विपि उपाध्याय बिराटले जानकारी दिनुभयो । महाधिवेसन बैचारिक तथा राजनितिक दस्तावेजमा व्यापक छलफल गरेर सम्पन्नहुने भएकोले महाधिवेस ५ दिन सम्म चल्ने नेता बिराटले बताए ।

उन्ले भने देशमा संसदिय व्यवस्था असफल भएकोले संसदिय व्यवस्था धोस्त पारेर नयाँ जनवादी व्वस्था लागुगर्न संघर्षकालागि सबै क्रान्तिकारी सक्ती मिलेर जानु पर्ने बताए । विचार र कार्यनिति संघर्ष मिल्ने सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी  संग धुर्विकर एकता हुने बताए । एकिकृत नयाँ जनवादी व्यवस्थाको विकल्प बाहेक अन्य व्यवस्था सम्भव नरहेको वताए ।  नेकपा पार्टी नयाँ जनवादी व्यवस्थाका निम्ति पार्टी सधै क्रान्ति र संघर्षमा रहने निति लिएर महाधिवेसन सम्पन्न हुने युवा नेता बिराटले बताए ।

नेकपा विप्लव पार्टीबाट धर्मेन्द्र बास्तोला सहितका नेताहरूले पार्टी बिभाजन गरेर नेकपा बहुमत पार्टी गठन गरेपछि अल्पमतमा रहेका नेकपा पार्टीका महासचिव विप्लवले नवौँ महाधिवेसनको आयोजना गरेका हुन।

स्थानिय चुनावमा होमिएका नेकपा विप्लवका कार्यकर्ता नेता मंसिर ४ मा हुनलागेको संसदिय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेजीको लागि संघर्षमा रहेका छन । नेपालमा कम्युनिष्ट पार्टी फुट्ने र जुट्ने कार्य भने नौलो छैन ।

प्रतिक्रिया दिनुस